Siraha Times
ताजा समाचार

कृष्णनगरमा जेष्ठ नागरिक सरोकार वालाहरू संग छलफल

  • असार १५, २०७९
  • १२३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, अषाढ १५ जेष्ठ नागरिक सरोकार वालाहरू एक दिने छलफल कार्यक्रम कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकीको सभाहलमा वडा नं २,३,५,६ र ७ का जेष्ठ नागरिक सरोकार वालाहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको आयोजनामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l जेष्ठ नागरिक को परिभाषा, जेष्ठ नागरिकको आवस्यकता, जेष्ठ नागरिक संग हुन सक्ने दुर्व्यवहार, जेष्ठ नागरिकका समस्याहरू, जेष्ठ नागरिकका समस्या समाधानका उपायहरू, जेष्ठ नागरिक लाई राज्यले दिएका सेवा सुबिधा हरू लगायत अन्य बिषयमा कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले उपस्थित माझ प्रकाश पार्नुभयो l

कार्यक्रममा ३० भन्दा बढी जेष्ठ नागरिक तथा सरोकार वाला हरूको सहभागिता रहेको उक्त कार्यक्रममा जेष्ठ नागरिकको समस्याका बारेमा उपस्थित माझ छलफल गराएको र उठेका सवालको सहजीकरण थुमा देवी उपाध्यायले गर्नुभयो l जेष्ठ नागरिक भवन निर्माण, धार्मिक एवम् ऐतिहासिक स्थलको भ्रमणको व्यवस्था, जेष्ठ नागरिक वडा स्तरीय समिति एवम् पालिका स्तरीय संजाल गठन, ६० बर्षमा सबैलाई अनिवार्य सामाजिक सुरक्षा भत्ता दिनुपर्ने तथा समाजिक सुरक्षा भत्ताको रकम बृद्धि गर्नु पर्ने लगायत सुझाव उपस्थित जेष्ठ नागरिक बाट आएको थियोl

प्रतिक्रिया दिनुहोस

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिराहा: कल्याणपुर प् ...

विसुनदेव सरदार लहान, भदौ १३ । सिराहाको कल्याणपुरमा भएको मोटरसाइकल दुर्घटनाको घटनालाई प्रहरीले उचित क ...

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१