Siraha Times
ताजा समाचार

समान बेचेको पैसा मागन जादा महिला माथी निर्घात कुटपिट

  • असार ५, २०७९
  • १२५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ५ असार - सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ३ महदेवा बस्ने ४५ वर्षिय सरस्वती भण्डारी माथी निर्घात कुटपिट भएको छ्। करिब २ महिना अगाडि उधारोमा देउता लाई चढाउने झाप र मरी भण्डारीले उधारो बेचेका थिए। सोही संमानको करिब ४ सय रुपैयाँ मागन जादा लहान नगरपालिका वडा नम्बर २३ का ५० वर्षिय मुसहरु सहनीले एक जना महिला माथी निर्घात कुटपिट गरेका छन्। पैसा मागन गएको बेला सहनी आफू घरमा नरहेको र सहनी परिवारका सदस्य रहेको थियोे। सहनी परिवारका एक महिलाले सरस्वती भण्डारीलाई ४ सय बराबरको ढाकी दिएर हर हिसाब रफादफा गरेका थिए। उनी आफुले उधारो बेचेको समानको रकम बराबरको ढाकी लिए घर फर्किदै गर्दा सहनीको छिमेकीको घरमा भएको बेला संमान फिर्ता गर तिमीलाई ४ सय रुपैया नै दिन्छु भन्दै संमान किन ल्याएको न्यु खोज्दै एकासी मुसहरु सहनीले भण्डारी महिला माथी निर्घात कुटपिट गरेका छन्।

सहनीको कुटपिटबाट घाइते भएकी भण्डारी उपचार गराउन अस्पताल पुगेका थिईन।कुटपिट गर्दा महिलाले कानमा लगाएको २ अनाको बाली र घाटीमा लगाएको ४ अनाको सुनको सिकरी गरी जम्मा ६ अना सुनको घहना हराएका छन्। घटना शनिबार करिब दिउँसो १२ बजेको समयमा भएको हो। महिला माथी कुटपिट भएको हेर्दा गाउँलेले झगडा छोडाएका थिए। महिलाको टाउको र दाहिना हातमा गम्भीर चोट लागेका छन्। पीडित महिला न्याय र छती पुर्तीका लागी ईलाका प्रहरी कार्यालय महेशवारी र लहानमा उजुरी दर्ता गराएकि छिन्। कुटपिट गर्ने सहनी प्रहरीको डरले घर बाट फरार रहेका छन्। प्रहरीले अपराधीलाई खोज अनुसन्धान गरि रहेको छ्।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१