ताजा समाचार

साना किसान कृषि सहकारीको २०औँ वार्षिक साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन सम्पन्न

  • असोज २४, २०८३
  • ३१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराका साथ सप्तरीको खडक नगरपालिका–१, सिस्वा बेल्हीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन समारोह सम्पन्न भएको छ।

No description available.

संस्थाका अध्यक्ष विष्णु देव मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननीय सिताराम साह प्रमुख अतिथि तथा खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै, संस्थाकी उपाध्यक्ष रोशन कुमारी चौधरीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।कार्यक्रममा संस्थाका सदस्यहरू विन्देश्वर साह तेली, समर लाल राम, सुरेन्द्र प्रसाद साह, दिनेश्वर साह, भूमि प्रसाद सिंह, बुध सेन साह, विन्देश्वर साह, राज लाल साह तथा संस्थाका प्रबन्धक श्रवण कुमार साहलगायतको सहभागिता रहेको थियो।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य माननीय सिताराम साहले स्थानीय क्षेत्रको सडक पूर्वाधार विकासका लागि संघीय सरकारबाट ४ करोड ५० लाख रुपैयाँ निकासा गराएको जानकारी दिए। उनले स्थानीय निमुखा तथा विपन्न जनताको आवतजावत सहज बनाउन सडक निर्माणमा विशेष ध्यान दिन नगर प्रमुख जय प्रकाश चौधरीलाई आग्रह गरेका थिए।त्यसैगरी, स्थानीयवासीलाई आकस्मिक स्वास्थ्य सेवामा सहज पहुँच पुर्यािउन एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सम्बन्धित अस्पतालबाट आवश्यक स्वीकृति लिएर प्रस्ताव पठाउन आग्रह गरे। एम्बुलेन्स व्यवस्थापनका लागि आफूले गर्नुपर्ने पहल सम्बन्धित निकायमा गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

Open photo NaN

कार्यक्रममा बोल्दै खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीले नगरपालिकाभित्र सडक सञ्जाल विस्तार तथा कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिइएको बताए। उनले पूर्व–पश्चिम राजमार्गदेखि हुलाकी सडकसम्म कल्याणपुर–बनौली तथा खर्चुहिया–कुशमहार सडक जोडिएको जानकारी गराउँदै स्थानीय पूर्वाधार विकासका कामबारे चर्चा गरे।

Open photo NaN

किसानको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले आफूले भैँसी वितरण गर्ने परिकल्पना गरेको उल्लेख गर्दै नगर प्रमुख चौधरीले उक्त कार्यक्रम कार्यान्वयनको जिम्मेवारी साना किसान कृषि सहकारी संस्थालाई दिएको जानकारी दिए। सहकारीमार्फत किसानसम्म कार्यक्रम पुर्यातउन सकिने विश्वास व्यक्त गर्दै उनले कृषि तथा पशुपालन क्षेत्रको विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताए।

Open photo NaN

कृषि मिटरको विद्युत् महसुलबारे बोल्दै उनले गत असार मसान्तसम्मको बिल नगरपालिकाले भुक्तानी गरिसकेको जानकारी दिए। त्यसपछि संघीय सरकारबाट महसुल भुक्तानी नगर्न निर्देशन आएको उल्लेख गर्दै सम्बन्धित परिपत्र फुकुवा नभएसम्म नगरपालिकाले थप भुक्तानी गर्न नमिल्ने अवस्था रहेको स्पष्ट पारे। संस्थाको २०औँ वार्षिक साधारण सभामा संस्थाको सञ्चालन, आर्थिक व्यवस्थापन तथा सेवा विस्तारसँग सम्बन्धित विभिन्न नौवटा प्रस्ताव प्रस्तुत गरिएको थियो।प्रस्तुत प्रस्तावहरूमा लेखापरीक्षक नियुक्ति, साधारण सभा सञ्चालन, रासायनिक मल बिक्री वितरणका लागि डिलर लिने, कर्मचारी दरबन्दी कायम गरी नियुक्ति गर्ने, भाका नाघेका ऋणीहरूको नाम पत्रपत्रिकामा प्रकाशन गर्ने तथा अन्तरसमूह समायोजन गरी नयाँ अन्तरसमूह गठन गर्ने विषय समेटिएका थिए।त्यसैगरी, कर्मचारीको तलब तथा भत्ता वृद्धि, दूध र दहीको कारोबारका लागि सम्झौता गर्ने र संस्थाका अध्यक्षको भत्तासम्बन्धी प्रस्तावसमेत प्रस्तुत गरिएको थियो।यी प्रस्तावमार्फत संस्थाको आर्थिक अनुशासन, व्यवस्थापकीय सुधार, कृषि सामग्रीको सहज उपलब्धता तथा कारोबार विस्तारमा जोड दिइएको छ।

Open photo NaN

साधारण सभामा प्रस्तुत विवरणअनुसार संस्थामा हाल ९२७ जना सदस्य रहेका छन्। संस्थाको शेयर पुँजी, कोष, कर्जा लगानी तथा निक्षेपको विवरणले सहकारीको वित्तीय गतिविधि उल्लेख्य रहेको देखाउँछ। संस्थाको आर्थिक विवरण यसप्रकार छ :कुल सदस्य संख्या: ९२७ जना ,कुल शेयर पुँजी: रु. १,११,६१,८००,कुल कोष: रु. ३,०५,९९,४१९.८४,कुल सम्पत्ति: रु. १९,८५,४६,६११.३३,लगानी रहेको कर्जा बाँकी: रु. १४,९६,८१,३३१,भाका नाघेको कर्जा बाँकी: रु. ३७,०७,५७३,बाँकी ब्याज: रु. २४,५१,४५६.५३,कुल निक्षेप: रु. ६,९५,४४,२६१.४९,तिर्नुपर्ने ऋण बाँकी: रु. ५,२८,६०,११४,सञ्चालन स्वक्षमता: १५७.३५ प्रतिशत,कुल ऋणी संख्या: ४०५ जना उल्लिखित विवरणअनुसार संस्थाले कृषि कर्जा, बचत तथा निक्षेप परिचालन र किसानसँग सम्बन्धित आर्थिक गतिविधिमा काम गर्दै आएको छ। यद्यपि, भाका नाघेको कर्जा तथा बाँकी ब्याजको व्यवस्थापन संस्थाका लागि महत्त्वपूर्ण विषय देखिन्छ। सहकारीको दीर्घकालीन वित्तीय स्थायित्वका लागि कर्जा असुली, पारदर्शी लेखा प्रणाली र सदस्यको विश्वास कायम राख्नु आवश्यक हुन्छ।

Open photo NaN

साना किसान कृषि सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा तथा नवनिर्मित भवन उद्घाटनले स्थानीय किसानलाई संगठित गर्दै कृषि तथा पशुपालनमार्फत आर्थिक समृद्धिको बाटो अघि बढाउने अपेक्षा गरिएको छ। सहकारीले आफ्नो सेवा विस्तारसँगै वित्तीय अनुशासन, ऋण व्यवस्थापन, कृषि सामग्रीको सहज आपूर्ति तथा सदस्यको हितलाई प्राथमिकता दिन सके स्थानीय किसानको जीवनस्तर सुधारमा थप योगदान पुग्ने देखिन्छ। उद्यमशीलता र पारदर्शितालाई मूल प्राथमिकता बनाएको संस्थाले आगामी दिनमा किसानमुखी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सहकारी क्षेत्रप्रतिको विश्वास थप बलियो बनाउनु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤