ताजा समाचार

नरहामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीय समस्या र गुनासोबारे छलफल

  • असोज २३, २०८३
  • ५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषयमा छलफल गर्दै नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन। बिहीबार बिहान १० बजेदेखि नरहा गाउँपालिका–४ स्थित गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम स्थानीय स्तरमा देखिएका समस्या पहिचान गर्ने, नागरिकका गुनासा सुन्ने तथा तिनको समाधानका उपाय खोज्ने उद्देश्यले सञ्चालन गरिएको थियो।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय नरहाको संयुक्त आयोजनामा तथा नरहा गाउँपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवको अध्यक्षता तथा सिरहाका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष गुलाब देवी चौधरी, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठक, राष्ट्रिय अनुसन्धान विभाग सिरहाका उपनिर्देशक सुरेन्द्र कोइराला तथा सामुदायिक प्रहरी सेवा केन्द्र सिरहाका कार्यवाहक अध्यक्ष शम्भु साहलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, सशस्त्र प्रहरी कर्मचारी, नेपाल प्रहरी, पत्रकार, स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी तथा युवासहित करिब १५० जनाको सहभागिता रहेको थियो। नागरिक सुनुवाइका क्रममा स्थानीय स्तरमा देखिएका समस्या, नागरिकका गुनासा तथा तिनको समाधानका सम्भावित उपायबारे सवाल–जवाफ र छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी नागरिकले आफ्ना समस्या तथा चासोका विषय सम्बन्धित निकायसमक्ष राख्ने अवसर पाएका थिए। नागरिक र सरोकारवाला निकायबीच प्रत्यक्ष संवाद स्थापित गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन, स्थानीय समस्याको पहिचान गर्न तथा नागरिक र सुरक्षा निकायबीचको सम्बन्ध थप सुदृढ बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण मानिन्छन्।

कार्यक्रममा उठेका गुनासा र सुझावलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिई समाधानका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिइएको थियो। बिहीबार बिहान १० बजे सुरु भएको नागरिक सुनुवाइ कार्यक्रम दिउँसो १ बजे सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤