ताजा समाचार

एमालेले मंसिर २६ मा वडा र पुस ४ मा पालिका अधिवेशन गर्ने

  • असोज २३, २०८३
  • ५५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव लेखराज भट्टले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार राष्ट्रिय भेलामा पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्षसहित संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिहरू सहभागी हुनेछन् । उनले भने, ‘अब मङ्सिर २६ मा वडा अधिवेशन, आगामी पुस ४ मा पालिका अधिवेशन गर्ने निर्णय भएको छ ।

मङ्सिरको पहिलो हप्ता राष्ट्रिय भेला गर्ने, पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र सङ्घ, प्रदेश तथा पालिकाका जनप्रतिनिधिहरूलाई सहभागी गराउने निर्णय भएको छ ।’ यसैगरी, मधेश प्रदेशमा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्ने जैनव खातुनको निधन भएपछि रिक्त स्थानमा नाजमा खातुनलाई पठाउने निर्णय भएको भट्टले जानकारी दिए । ‘मधेश प्रदेशमा समानुपातिकतर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने जैनव खातुनको निधन भएको हुँदा त्यसको रिक्त स्थानको मापदण्ड अनुरूप क्रम सङ्ख्या ४२ तथा बन्दसूचीको क्रम सङ्ख्या ४० मा रहनुभएकी धनुषाको उम्मेदवार नाजमा खातुनलाई पठाउने निर्णय गरिएको छ,’ उनले भने । भट्टका अनुसार एमाले स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ का तीन विद्य ...

ओम प्रकाश यादव लहान, ९ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिक ...

गोलबजारमा लैङ्गिक हि ...

सिरहा मंसिर, ९ । “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य ...

लहानमा स्वच्छता अभिय ...

ओम प्रकाश यादव लहान मंसिर ९। सिरहाको लहानमा सञ्चालन भइरहेको स्वच्छता अभियानअन्तर्गत आम नागरिकलाई शौच ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤