Siraha Times
ताजा समाचार

फुसको छानो विस्थापित गर्ने अभियानमा : चौधरी

  • असार १, २०७९
  • १२८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ०१, असार । पराल वा फुसको छानोलाई नगरक्षेत्रबाट पुर्णरुपमा विस्थापित गर्न लहान नगरपालिकाले टिनको छानो उपलब्ध गराउने तयारी गरेको छ । यसै कार्यक्रम अन्तर्गत आज लहान नगरपालिकाको वडा नम्बर - १२ को भोटियाटोल , जटियाही र वडा नम्बर - १३ को सरस्वती डन्डाटोलमा ८४ जनाको घरमा नगर प्रमुख महेश प्रसाद चौधरीले स्थलगत रुपमा आफै पुगेर अनुगमन गरेको हो । चाहिने जस्ताको लागि नापजाँच सहितको एक टोलिलाई नगरपालिकाबाट परिचालन गरिएको छ । पहिलो चरणमा नगरभित्रका करिब ५ सय जना विपन्न परिवारको प्रत्येक घरमा टिनको छानो उपलब्ध गराउँछु ’, र यो काम बिस्तारै बिस्तारै सबै वडामा हुन्छ,'भन्दै उनले भने, गर्मी महिनामा आगलागीको समस्या र बर्षामा पानीबाट बँच्नको लागि जस्ताको छानो उपलब्ध गराउने तयारी गरेको प्रमुख चौधरीले सुनाए ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१