ताजा समाचार

बोदेबरसाईन नगरपालिकाको प्रशासकीय भवनको उदघाटन

  • असार १, २०७९
  • ११७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ असार - न्यु डाईगन निर्माण सेवा प्रा.ली.ले निर्माण गरेको भवनको उदघाटन भएको छ्। सप्तरीको बोदेबरसाईन नगरपालिकाको प्रसासनिक भवन निर्माण गर्ने जिम्मेवारी न्यु डाईगन निर्माण सेवा प्रा.ली लाई दिएको थियोे।नगरपालिकाले निर्माण कम्पनीसंग २०७६ माघ १६ गते अनदर ग्राउन्ड गरि ४ तल्लो भवन निर्माणका लागी ६ करोड ७४ लाख ९६ हजार ६ सय ८ रुपैया ३६ पैसामा सम्झौता गरेका थिए। सम्झौता पस्चात निर्माण कम्पनीले काम सुरु गरेका थिए। नगरपालिकाका मेयर आतेश कुमार सिंहले प्रसास्किय भवनको सिल्यानास गरेका थिए।सम्झौता सम्पन्न मिति २०७८ माघ १५ गते रहेका थिए।समझौता सम्पन्न अगाबै निर्माण कम्पनीले काम सम्पन्न गरिसकेका छन्।बोदेबसाईन नगरपालिकाले सुबिधा सम्पन्न प्रसास्निक भवन निर्माण गर्न पाउदा मेयर आतिश कुमार सिंहले बताए।

Open photo

मेयर सिंहका अनुसार आफुले सिलानास गरेको भवनको उदघाटन गर्न पाउदा आफू खुशी रहेको बताए। प्रसाशनिक भवनको काम सम्पन्न भए पश्चात् नगरपालिकाको अन्तिम नगर सभा सोही नव निर्मित भवनमा सम्पन्न गरेका छन्। न्यु डाईगन निर्माण सेवा प्रा.ली.ले नेपालको अधिकांनश जिल्लामा काम गर्न सफल निर्माण कम्पनी अन्तर्गत पर्ने गरेको देखिन्छ। मधेस प्रदेश प्रहरी तालीम केन्द्र निर्माण राजबिराज,सातको नगरपालिकाको प्रशासनिक भवन बोदेबर साईन नगरपालिकाको चन्द्र स्कुलको ३ तल्लो भवन निर्माण लगायतका जिल्लाहरुमा काम गर्न सफल निर्माण कम्पनी रहेको अधिकारीक प्रतिनिधि इन्जिनियर दिपेन्द्र ठाकुरले जानकारी दिनु भयो।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤