ताजा समाचार

शैक्षिक क्रान्ति

  • जेठ ३०, २०७९
  • १७२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाल को ईतिहास हेर्दा दुई ठुला राष्ट्र को बिचमा नेपाल छ। नेपाली नागरिकको संघर्ष र बलिदानिले राज्य व्यवस्थामा ठूलो परिवर्तन भयो देशमा संघिय लोकतान्त्रिक नेपाल स्थापना भयो नयाँ संविधान बन्यो नयाँ कानुन बन्यो राज्यको शासन नितिमा परिवर्तन गरि संघिय , प्रदेश, र स्थानियगरि तीन भागमा बाडियो तर नागरिक को अपेक्षा अनुसार वा आवश्यक्ता अनुसार परिवर्तन गर्न सकेन । कारण हो राज्यको कम्जोर शिक्षा नीति । विकसित राष्ट्र हरुमा समाजको आवश्यकता अनुसार शिक्षा लाइ आधुनिकीकरण गरेर ठूलो परिवर्तन भइसक्यो तर नेपालमा आज पनि शिक्षा लाई ग्राहयता दिनसकेको छैन।जसको फलस्वरुप नागरिकले पिडादायी जीवन बिताइरहेका छन ।

असहज परिस्थिति को सामना गर्नु परिरहेको छ । समाज परिवर्तन को लागि शैक्षिक क्रान्ति आजको आवश्यक्ता देखिएको छ । जब सम्म समाज शिक्षित बन्दैन तब सम्म समाज परिवर्तन मा धेरै समय लागछ। समय को साथ चल्न लाइ जिवनमा शिक्षा अपरिहार्य छ। हाम्रो समाजमा शिक्षा लाई व्यवसायीकारण गरेर नागरिक ले शिक्षा हासिल गर्न धेरै मूल्य चुकाउनु परिरहेको छ। नागरिक ले आफ्ना सन्तान को उज्जवल भविष्य को लागि आफ्नो सुखको वलिदानी दिएर अन्तरास्ट्रिय बजारमा आफ्नो श्रम बेचेर कमाएको रकमले ठूलो मूल्य चुकाएर अध्ययन गराउन बाध्य छन। जसको परिणाम नागरिक आर्थिक प्रगति गर्न सकेको छैन र गरिबिको रेखामुनी बाट माथी उठन सकेको छैन।
समाज परिवर्तन का लागि शिक्षा अपरिहार्य छ। सहजताले शिक्षा हासिल गर्न सरकारी पाठशाला हरुको आधुनिकीकरण गर्न आवश्यकता छ। शिक्षा आधुनिकीकरण को लागि समाजको हरेक नागरिक एक ढिक्का भइ शैक्षिक क्रान्तिको शुरूवात गरौं र शिक्षित समाजको निर्माण गरौं , समृद्द छ हाम्रै पालामा।
(लेखक : राज कुमार साफी )

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤