Siraha Times
ताजा समाचार

भव्य र सभ्य तरिकाले सुरक्षाका बीच कृष्णानगरको लक्ष्मी मूर्ति विसर्जन

  • कार्तिक ८, २०८२
  • ७०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कपिलवस्तु , कार्तिक ८। कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स्थापना गरिएका लक्ष्मी मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा हिजो र आज विसर्जन गरिएको छ । सोही क्रममा कृष्णानगरमा स्थापना गरिएका मूर्ति हरू कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर धर्मशास्त्र अनुसार पुजापाठ गरी भाईटीका पछि आज मूर्ति विसर्जन गरिएको हो ।

तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले लक्ष्मी देवीको विशेष पूजापाठ गरि मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको थियो । सुरक्षा व्यवस्था मिलाउनका लागि प्रहरीले ड्रोन क्यामरा मार्फत निगरानी समेत गरि रहेको थियो।

कृष्णनगरमा बजार क्षेत्र हुदै जाने एक दर्जन भन्दा बढ़ी स्थानमा पुजापाठ गरी स्थापना गरिएका मूर्तिहरु सुरक्षा दिई शान्तिपूर्वक विसर्जन भएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरीक्षक ईश्वर लौडारीले जानकारी दिए । मूर्ति विसर्जनमा एम्बुलेंस, दमकल तथा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरको गाडि समेत कतै विद्युतको तार भाच्निछ की भनेर गाडी टोली परिचालन गरिएको थियो।

कृष्णनगमा मूर्ति विसर्जनको क्रममा नगर प्रमुख रजत प्रताप शाह, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष रितेश शर्मा, युवा नेता कुनाल प्रताप शाह लगायत सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोली, नेपाल प्रहरी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, हिन्दु भक्तजनहरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१