Siraha Times
ताजा समाचार

बरियारपट्टीमा ‘RBI General Store’ सञ्चालन गुणस्तरीय घरेलु सामग्री एकै ठाउँमा

  • कार्तिक १३, २०८२
  • ७५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १३ कात्तिक । रासस सिरहा जिल्ला संवाददाता मुकेश यादवले सिरहाको बरियारपट्टी गाउँपालिका वडा न.३ बरियारपट्टी चौकमा नयाँ व्यवसायिक पहलका रूपमा ‘RBI General Store’ सञ्चालन गरेका छन्। उनले स्थानीय उपभोक्तालाई लक्षित गर्दै सस्तो, भरपर्दो र गुणस्तरीय घरेलु सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ यो व्यवसाय प्रारम्भ गरेका हुन्।

 उक्त स्टोरमा बाल्ट्रा कम्पनीका फ्रिज, कुलर, पंखा, कुकर, चुलो, मिक्सर, आयरनलगायतका विविध विद्युतीय सामग्रीहरू उपलब्ध छन्। त्यस्तै, बागमती कम्पनीका बाल्टिन, टब, ड्रम, डस्बिन, डाइनिङ सेट, स्टुल लगायतका प्लास्टिकका सामग्रीहरू पनि एकै ठाउँमा पाइने छन्।

त्यसका साथै, स्टोरमा दराज, ट्रंक, कुर्सी, टेबल लगायतका अन्य घरेलु प्रयोजनका सामान पनि बिक्रीका लागि राखिएका छन्। यादवका अनुसार, उपभोक्तालाई एकै ठाउँमा सम्पूर्ण सामग्री पाउने सुविधा र गुणस्तरीय सेवा दिने उद्देश्यले स्टोर सञ्चालन गरिएको हो।

“हामी उपभोक्तालाई उचित मूल्यमा उत्कृष्ट गुणस्तरका सामग्री उपलब्ध गराउने प्रतिबद्धतामा छौं,” स्टोरका सञ्चालक मुकेश यादवले बताए। “स्थानीय स्तरमै आवश्यक सबै घरेलु सामान पाउन सकिने व्यवस्था गरिएको छ, जसले गाउँका बासिन्दालाई शहर धाउनुपर्ने झन्झट कम हुनेछ,” उनले थपे।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१