Siraha Times
ताजा समाचार

सिरहामा लागुऔषधसहित ३ जना पक्राउ

  • कार्तिक ४, २०८२
  • ८४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागुऔषधसहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले भारततर्फबाट नेपालतर्फ आइरहेका व्यक्तिहरूलाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट विभिन्न प्रकारका लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिरहा जिल्ला सुखीपुर नगरपालिका–१० का २१ वर्षीय संगीत कुमार सदाय, सोही ठाउँका २० वर्षीय राम रिझन शर्मा र सुखीपुर नगरपालिका–६ का १९ वर्षीय सरोज कुमार राम रहेका छन्। शर्माको साथबाट डाइजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र ट्रालजेसिस ५ एम्पुल, त्यसैगरी रामको साथबाट इजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र ट्रालजेसिस १ एम्पुल फेला परेको प्रहरीले जनाएको छ।

समग्रमा उनीहरूको साथबाट जम्मा १८ एम्पुल लागुऔषध बरामद गरिएको हो। बरामद गरिएको लागुऔषध र पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१