मन्त्री बब्लु गुप्ताको घोषणा : खेलमैदानको जग्गा खोजी अभियान लहानबाट सुरु

  • कार्तिक १३, २०८२
  • ४७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित गर्ने कार्यको शुभारम्भ गरिसकेको बताउनुभएको छ । खेलकुदमन्त्री बने लगतै गृहनगर लहान आइपुग्नु भएको मन्त्री गुप्ता लहान जेनजी समूहले गरेको सम्मान तथा भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको थियो । आफू मन्त्री भएपछि खेलकुदका मन्त्रालयका सचिवसँग खेलकुदको अवस्था के रहेको भने जानकारी लिने क्रममा युवा तथा खेलकुद मन्त्रालयसँग देशैभरी प्रर्याप्त जग्गा भए पनि खेलकुद प्रयोजनका लागि प्रयोगमा नआएको जानकारी भए अनुसार यसको खोजीका लागि थालि सकेको उहाले बताउनुभयो ।

जग्गा खोजीको कार्य आफ्नै गृह नगर लहानबाट सुरु गर्ने क्रममा लहान ३, बलान नदीको पश्चिमी किनारामा रहेको सात विघा पांच कठा सत्र धुर जग्गा पाँच वर्षका लागि चिनियाँ कम्पनीलाई न्यून मूल्यमा भाडामा दिएको र त्यो रकम पनि खेलकुद परिषद सिराहामा दिने भनेको सम्झौता रहे पनि उक्त रकम अहिले पांच वर्ष बित्तिनै लाग्दा पनि नआएको पाएको छ । यत्रो जग्गा थोरै मूल्यमा भाडामा दिएर रकममा अनियमितता भएको देखिन्छ । यसको छानबिनका लागि कागज अघि बढाएर दोषी र नियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउने विश्वास मन्त्री गुप्ताले व्यक्त गर्नुभयो ।

देशभरीकै युवाहरू यस मन्त्रालयसँग ठूलो अपेक्षा राख्नुको साथै भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने दबाव समेत दिन थालेकाले जेनजी आन्दोलनको मर्मलाई बुझेर आफू काम गर्न लागि सकेको बताउनुभयो । उहाँले

भन्नुभयो, मन्त्रीमा नियुक्त भएपछि गृह गाउँ आउँदा खेलकुदको जग्गामा नै अनियमितता भएको पाइयो। देशैभरीमा यो खोजीको विषय बन्यो। यसको खोजीको लागि लहानबाट यो अभियान सुरु भइसक्यो ।

जिल्ला खेलकुद परिषद सिरहाका प्रमख विनोद सिंहसँग खेलकुद परिषदअन्तर्गत रहेको जग्गा कसरी यति न्यून मूल्यमा चिनियाँ ठेकेदारलाई पाँच वर्षका लागि चार लाखमा दिनुभयो जिज्ञासामा उहाँले भन्नुभयो, म आएको डेढ महिना मात्रै भएको छ । यसबारेमा बुझ्दा त्यस जग्गामा पर्खाल लगाइ दिइने कभर्ड हलभित्र पार्केटिङग बनाइ दिइने शर्तमा दिएको छ। मन्त्री गुप्ताले समेत ताकेदा गरिसकेकाले यसबारे विस्तृत खोजीमा लागेका छौ ।

यता लहान जेनजीको तर्फबाट लहानको सेवा प्रदायक सरकारी कार्यालयहरूमा भइरहेको भ्रष्टाचार नियणन्त्रण हुनुपर्ने, जेनजी आन्दोलनको माग सम्बोधन गरिनुपर्ने, लहान ३ स्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाग्ने राजस्व मिनहाको फाइल अर्थ मन्त्रालयमा अडकेकाले त्यसको पहल गरी जग्गा राजस्ट्रेसन हुनुपर्ने, धनुषा र सिराहा हुलाकी मार्गको पुल सञ्चालनमा नआउँदै भत्किएकाले निर्माण कम्पनीलाई कारबाही गरी पुल निर्माणको कार्य अघि बढानुपर्ने लगायतका ध्यानकर्षण पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिका–२३ गा ...

रहमुल लहान मङ्सिर ०१ । सिरहाको लहान नगरपालिका २३ स्थित गाढा चौकमा हालै जडान गरिएको हायमास ...

लहानमा कानको विशेष उ ...

ओम प्रकाश यादव लहान मङ्सिर ०१ । सिरहा जिल्लाको लहानमा निजी क्षेत्रको पहलमा पहिलोपटक कानको विशेष उपचा ...

लहानमा उद्योग वाणिज् ...

ओम प्रकाश यादव लहान मङ्सिर ०१ । सिरहा जिल्लाको लहानमा जिल्ला उद्योग वाणिज्य संघ जिल्ला कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१