ओम प्रकाश यादव लहान १० कात्तिक । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर मनाइने छठ पर्वकोआज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाडका रुपमा रहेको छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथीसम्म मनाईन्छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ‘नहाए खाए’ दिन भन्ने गरिन्छ । पहिलो दिन छठका व्रतालुले नदी, खोला, पोखरी र तलाउलगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई बिहान र बेलुकी लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खान्छन् ।
दोश्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन साँझपख नुहाएर चोखो हुँदै आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेली र सख्खरको खीर प्रसादका रुपमा पकाउँछन् । सो प्रसाद चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुले उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन् । छठको तेश्रो दिन षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । तेश्रोदिन आज ब्रतालुले नदी, खोला, पोखरी र तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाई र चौथोदिन सप्तमी तिथीमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन भएको मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
अपूर्ण भिडियो वा एकपक्षीय सूचनाका आधारमा भ्रम फैलाई कार्यालयलाई बदनाम नगर्न यातायात कार्यालय बाराको अनुरोध
स्वास्थ्य प्रवर्द्धनमा सञ्चारको भूमिका सुदृढ गर्न मिडियाकर्मीलाई अभिमुखीकरण, मिर्चैयामा सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic