लहान नगरपालिकाबाट मृतक परिवार र गरिब महिलाहरुलाई राहत तथा साडी वितरण

  • कार्तिक ८, २०८२
  • १११४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर मानवीय सहायता कार्यलाई जारी राख्दै मृतक परिवारहरूलाई राहत वितरण र छठ पर्वका अवसरमा आर्थिक रूपमा गरिब विपन्न महिलाहरुलाई साडी वितरण गरेको छ।

लहान नगरपालिका २२ बर्छावारकी चन्द्रीका सदायको मृत्यु भएपछि मेयर महेश चौधरी स्वयं मृतकको घरमै पुगेर परिवारलाई राहत वितरण गरेका छन्। नगरपालिकाको तर्फबाट १ क्विन्टल चामल, दाल, नुन र तेल सहयोग गरिएको छ भने क्रियाखर्चका लागि ५ हजार रुपैयाँ प्रदान गरिएको छ। उक्त अवसरमा वडा अध्यक्ष श्याम अधिकारीसहित स्थानीय जनप्रतिनिधि र समाजसेवीहरू उपस्थित थिए। मेयर चौधरीले दु:खको क्षणमा नगरपालिकाले सधैं नागरिकको साथमा रहने बताएका छन्।

त्यस्तै, लहान नगरपालिका १९ का ५० वर्षीय बद्री सदायको निधन भएपछि पनि मेयर चौधरी मृतकको घरमा पुगेर शोक सन्तप्त परिवारलाई राहत हस्तान्तरण गरेका छन्। यस अवसरमा पनि नगरपालिकाको तर्फबाट १ क्विन्टल चामल, दाल, नुन, तेल र ५ हजार रुपैयाँ क्रियाखर्चका लागि प्रदान गरिएको छ । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष कमरुदिन राईन, नेपाली कांग्रेस नगर सचिव संजय यादव, स्थानीय अगुवा र सर्वसाधारणहरूको  उपस्थिति थियो। मेयर चौधरीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै नगरपालिकाले सबै नागरिकका सुखदु:खमा सहकार्य र सहयोग जारी राख्ने बताएका छन्। साथै मृतकक फुसको घरलाइ जस्ता पाताले छाईदिने समेत घोसना गरेका हुन्।

यसैबीच, लहान नगरपालिकाले आगामी छठ पर्वलाई लक्षित गरी आर्थिक रूपमा कमजोर परिवारका महिलाहरुलाई पनि सहयोग पुर्‍याएको छ। मेयर चौधरीको पहलमा लहान २० मलहनामा र हरिनगराका सदाय बस्तीमा गरी ८० थान साडी वितरण गरिएको हो। दुइटै बस्तीमा ४०–४० थान साडी वितरण गरिएको हो । नगरपालिकाको यो पहलले छठ पर्व मनाउन नसक्ने दिदीबहिनीहरूलाई सहयोग पु‍र्‍याउने उद्देश्य राखिएको हो।

मेयर चौधरीले कार्यक्रममा भने, “कुनै पनि श्रद्धालु दिदीबहिनी आर्थिक अभावका कारण छठ पर्व मनाउनबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो चाहना हो। लहान नगरपालिका हरेक नागरिकको सुख र दु:खमा सँगै छ।” लगातार राहत र सामाजिक सहयोगका यी पहलहरूले लहान नगरपालिकाको जनउत्तरदायी भूमिका झल्काएको स्थानीयवासीले बताएका छन्। मेयर चौधरीको नेतृत्वमा नगरपालिका समाजसेवी र सहानुभूतिपूर्ण प्रशासनको रूपमा पहिचान बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

नेशनल मेडिकल कलेज तथ ...

वीरगंज, २७ फागुन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षक ...

लहानमा ग्यास सिलिन्ड ...

लहान, २७ फागुन । २०८२ साल फागुन २४ गते सिरहा जिल्लाको लाहान नगर क्षेत्रमा एक अत्यन्तै निन्दनीय र दुः ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१