Siraha Times
ताजा समाचार

शहिदनगर नगरपालिकाको पहिलो बैठकमै उपमेयर लगायत ५ वडा अध्यक्षले गरे बैठक बहिस्कार

  • जेठ २८, २०७९
  • २२७३ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

धनुषाको शहिदनगर नगरपालिकाको कार्यपालिका बैठकमा नेपाली काङ्ग्रेसबाट निर्वाचित उपमेयर सुनिता सिंह लगायत ५ वडा अध्यक्षहरुले बैठक बहिस्कार गरेका छन । बिहिवार शहिदनगर नगरपालिकामा बसेको कार्यपालिकाको बैठकमा मेयर लगायतका केही वडा अध्यक्षहरुले बहुमतको आधारमा संयोजकहरु चयन गरिएपछि काँग्रेसले बैठक बहिष्कार गरेको थियो । कार्यपालिकाको पहिलो बैठकबाट नेकपा माओवादी र जसपा मिलेपछी बहुमत प्रक्रियाको आधारमा सँयोजक चयन गरिएपनि काँग्रेसले एकलौट गरेको भन्दै नगर प्रमुख दिनेश प्रसाद यादवमाथि आरोप थुपारेको हो । उपमेयर सिंहले भनिन् –“हामीले भनेको एउटा पनि सदस्य नराख्ने ? एकलौटी रुपमा नगरपालिका चलाउँछ भने हामी प्रतिपक्षमा बस्छौं । होइन भने मिलेर चल्छ भने मेरो पनि साथ र सहयोग रहने छ ।

एक दुई दिनमा केही जवाफ नआए हामी पत्रकार सम्मेलन गरेर एकलौटिपनको बारेमा सार्वजनिक गर्नेछौँ ।” पहिलो कार्यपालिका बैठकबाट नेकपा माओवादीबाट निर्वाचित वडा नम्बर ८ का वडा अध्यक्ष तनुकलाल कुसियैत (यादव) लाई स्वास्थ्य समितिको संयोजकमा चयन गरिएको छ। वडा नम्बर ५ का वडाअध्यक्ष सुरेश कापरलाई महिला बालबालिका तथा खेलकुद नगर समितिको संयोजकमा चयन गरिएको छ । यस्तै, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज दासलाई नगर कृषि समितिको संयोजकमा मनोज कुमार दासलाई चयन गरिएक छ भने वडा नम्बर ६ का वडा अध्यक्ष उमेश निरौलालाई नगर शिक्षा समितिको संयोजकमा चयन गरिएको हो ।

काँग्रेसले कार्यपालिकाको बैठक बष्हिकार गरेको सन्दर्भमा नगर प्रमुख यादवले उनीहरुले कुनै प्रकारको त्यस्तो बष्किार नै नगरेको दाबी गरे । आफू कानुनी रुपमै समितिहरु चयन गरेपछि काँग्रेसले असन्तुष्टि जनाएको बताए । उनले भने, –“म त नयाँ नयाँ हो, उपमेयर साहब त पुरानो हुनुहुन्छ यस क्षेत्रमा, हामीले कानुन बमोजिम नै गर्ने हो नी ? उहाँले कानुनलाई नै ओभरटेक गरी कार्यपालिका बैठकमा हलचल गरेपछि बहुमत प्रक्रियाको आधारमा समिति चयन भएको मात्र हो ।” शहिदनगरमा जसपा, माओवादी र काँग्रेसको सँयुक्त सरकार छ ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१