ताजा समाचार

कमिशन बिना काम नगर्ने अधिकृत यादव नै हुन त ?

  • जेठ २०, २०७९
  • १३२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २० जेठ । पटेर्वा सुगौली गाउँपालिकाका कार्यकारी अधिकृत सन्देश यादवले करोडौ करोडको भ्रष्टाचार गरेको स्थानियवासीले आरोप लगाउन थालेका छन् । अधिकृत यादवले सामाजिक विकासको कार्यमा ४० प्रतिशत र भौतिक निर्माणको कार्यमा ३० प्रतिशत कमिशन लिदै उनी अतिरिक्त कमिशन ५ प्रतिशत देखि लिएर १० प्रतिशत सम्म असुल्ने गरेको चर्चा व्यापक भए पनि बैशाख १ गते देखि ३० गते सम्मको बीचमा करोडौको भ्रष्टाचार गरेको स्रोतले जनाएको छ । राजनीतिक दलहरु स्थानिय तहको निर्वाचनमा व्यस्त भएको मौका छोपी भ्रष्ट अधिकृत यादवले सामाजिक विकासको कार्य र जिन्सी वापत गरेको भुक्तानी कागजी मिलान मात्र रहेको बताईन्छ ।

“कृषि, पर्यटन हरियाली वन, समृद्ध पटेर्वा सुगौलीको खुशीयाली मन” नारा बोकेका पटेर्वा सुगौली गाउँपालिकाले अधिकृत यादव सो गाउँपालिकामा गएदेखि सो नारालाई तुहाई दिएको स्थानियवासीको आरोप रहेको छ । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत यादवले कार्यलयमा नजाने, मोबाईलको स्विच अफ राख्ने र आफु खुसी चेक काटन लगाई कमिशन बटुलन बाहेक अरु केही नगरेको भुक्तभोगीहरु बताउंदछन् । उनले सखुवा प्रसौनी गाउँपालिकामा हुंदा कमिशनकै कारण कुटाई खानु परेको सर्वविदितै नै छ ।

एउटा अधिकृतको तलबले घरपरिवार चलाउन गा¥हो भए पनि अधिकृत यादवले वीरगंजको दर्जनौ ठाउंमा भ्रष्टाचारको रकमबाट आफ्ना आफ्न्तको नाममा घडेरी जोडन सफल भएको बताईन्छ । अधिकृत यादवले गरेका कुकर्मका फाईलहरु नियमनकारी निकायले छानबिन नगर्दा उनले दिनदुगुना रात चौगुना भ्रष्टाचारका तानाबाना बुन्दै दुनो सोझयाई राखेका उनी निकटका आसेपासेहरु बताउंदछन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤