ताजा समाचार

सिरहाको गोलबजार नगरपालिका २ टुड्कीयामा साहको शब इनारभित्र फेला

  • जेठ १९, २०७९
  • १३११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, १९ जेष्ठ। सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनारभित्र फेला परेको छ। श्रीमतिको औषधी लिन मंगलबार हपरान्ह घरबाट निस्केका ४८ बर्षीय साहको शब आज विहान गाउँकै इनारभित्र फेला परेको हो।औषधी लिएर तुरुन्तै फर्कि हाल्छु भन्दै साइकलमा गएका उनी राती अबेलासम्म पनि नफर्किएपछि खोजतलाश गरीएपनि आज विहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उहाँको शब फेला परेको प्रहरीले जनाएको छ।
 
शब इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीेले जानकारी दिए। घटना बारे थप अनुसन्धान भईरहेको उनले जनाए ।यता मृतकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या बताएका । उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताए ।साह एक महिना अधिमात्र वैदेशिक रोजगरीबाट घर आएका थिए। गाउँमा आरसीसी ढलान गर्ने विषयमा उनीसंग स्थानीयको विवादभएको बताएको छ।
 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤