लहान ८ र २३ मा वडाध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गरे

  • जेठ १४, २०७९
  • ९३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १४ जेठ । लहान नगरपालिका–८ र २३ मा नवनिर्वाचित वडाध्यक्षसहित सदस्यहरुले जेठ १३ गते पदभार ग्रहण गरेका छन् । नेपाली काँग्रेसबाट निर्वाचित लहान ८ का वडाध्यक्ष श्याम साह (भोरभोरे) पदभार ग्रहण गर्दै ‘वडा कार्यालय घरघरमा’ भन्ने नारालाई सार्थकताका साथ मोबाइल एपमार्फत वडाको सूचना घरमै पुर्याउँने बताएका छन् । स्वास्थ्य बीमा, निशुल्क एम्बुलेन्स, विद्यालयमा नर्सको व्यवस्थापन, निशुल्क सेनेटरी प्याड, विशुद्ध खानेपानीको व्यवस्था, खेलकुद तथा व्यायमशालाको व्यवस्थापन आफ्नो कार्यकालमा गर्ने वडाध्यक्ष साहले बताए । शिक्षा रोजगारी, कृषक मजदुरको लागि विशेष कार्यक्रमसहित बजार व्यवस्थापनमा जोड दिने वडाध्यक्ष श्याम साहले बताए ।

लहान २३ गाढामा पदभार ग्रहण लहान २३ मा नवनिर्वाचित वडाध्यक्ष बद्रीनारायण यादवसहित सदस्यहरुले आज पदभार ग्रहण गरेका छन् । सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेको लहान नगरपालिकाको उपमेयर रामचरित्र महतोले आफुलाई जिताएकोमा नगरवासीलाई धन्यवाद दिएका छन् । उनले भने ’जनताको पुर्ण विश्वासको साथ म जस्तो निम्न वर्गको किसान परिवारका छोराले उपमेयर पद पाएको छ । म विश्वास दिलाउन चाहन्छु कि आउने दिनमा जनताको पक्षमा सदैव उभिरहनेछु ।’

जनता समाजवादी पार्टी नेपालबाट नवनिर्वाचित बद्रीनारायण यादव(अमिन) ले पदभार ग्रहण पश्चात् वडाको सम्पुर्ण बिकासमा तदारुकताको साथ लाग्ने प्रतिबद्धता जनाएको छ । अध्यक्ष यादवले भने ’म केवल बोलेर हैन गरेर देखाउनेमा विश्वास गर्छु ।’ उनले जनताको म प्रतिको विश्वास डगमगाउन नदिने वाचा गरेका छन् । कार्यक्रममा जसपाका नगर अध्यक्ष तथा निर्वाचित वडा सदस्य दिनेश महतो, जसपाका केन्द्रिय सदस्य जागेश्वर यादव, विभिन्न पार्टीका नेताकार्यकर्ता, बिद्यार्थी, बुद्धिजीवी, किसान, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

बरियारपट्टीमा ‘RBI G ...

लहान, १३ कात्तिक । रासस सिरहा जिल्ला संवाददाता मुकेश यादवले सिरहाको बरियारपट्टी गाउँपालिका वडा न.३ ब ...

बब्लु गुप्ताको प्रेर ...

बिरेन्द्र् प्रसाद नेपाल लहान, ११ कात्तिक। सिरहा लहानका बब्लु गुप्ता आज देशका चर्चित युवा तथा खेलकुद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१