Siraha Times
ताजा समाचार

औरही र वरियारपट्टीमा पदभार ग्रहणसँगै जनप्रिय निर्णय

  • जेठ १४, २०७९
  • १२५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १४ जेठ । सिरहाको बरियारपट्टी र औरही गाउँपालिकाका अध्यक्ष उपाध्यक्षसहित जनप्रतिनिधिहरुले आज आज पदभार ग्रहण गरेका छिन् । योसँगै दुवै गाउँपालिकाले जनप्रिय निर्णय गरेको छ । वरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतोले दलित तथा विपन्नवर्गलाई मृत्यू किरिया खर्च १० हजार, एम्बुलेस सेवामा सतप्रतिशत छुट गरेको निर्णय गरेको बताए । त्यसैगरी, दलित विद्यार्थीलाई ११ र १२ मा निशुल्क पठ्नपाठन, छोरी बीमा, मालपोत वाहेक सिफारिस दर्ता निशुल्क, कृषि विद्युत निशुल्क, दीर्घ रोगीहरुलाई निःशुल्क औषधीलगायत शैक्षिकस्तरलाई सवल बनाउँने निर्णय गरेको अध्यक्ष महतोले बताए ।

उता, औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले कृषि विद्युत निशुल्क, कृषकको चार विघाको एक समूहमा बोर्डिगको व्यवस्थापन गर्ने र दलित गरिब तथा विपन्नवर्गका विद्यार्थीलाई उच्च शिक्षाको लागि गाउँपालिकाबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको बताएका छन् । त्यसैगरी जनप्रतिनिधिहरुको पदभार ग्रहणसँगै अध्यक्ष यादवले कर्मचारी र जनप्रतिनिधि हातोमलो गरी गाउँपालिकालाई नमुना बनाउँन जोड दिएका छन् । गोलबजार नगरपालिकाका नव निर्वाचित मेयर श्याम कुमार श्रेष्ठले फुसका छाना भएका घरहरुलाई जस्ता पाताले विस्थापित गर्ने पहिलो निर्णय गरेका छन् । मेयर श्रेष्ठले आज शुक्रवार पदभार ग्रहण गर्दै नगरक्षेत्रमा रहेका फुसका छाना भएका घरहरुलाई जस्ता पाताले विस्थापित गर्ने, दलित समुदायका महिलाहरुलाई ५ हजार सुत्केरी भत्ता तथा दलित समुदायको व्यक्तिगत घटना जन्म, विवाह, मृत्यु दर्ता निःशूल्क गर्ने निर्णय गरेका हुन् ।

नगरक्षेत्रमा तत्काल खोनेपानीको व्यवस्था मिलाउन वोर्डिङ्ग जडान गर्ने निर्णय गरेको छ । उत्तरी क्षेत्र र नगरक्षेत्रका मूख्य बजारमा खानेपानीको असुविधा रहेकाले तत्काल सञ्चालन गर्न बोर्डिङ्ग जडान गर्ने जनाए । आजै एक समारोहबीच मेयर श्रेष्ठले निर्वाचित उपमेयर, वडा अध्यक्षहरु तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१