ताजा समाचार

महिलालाई न्याय दिलाउँन लहानमा कसिलो संयन्त्र बनाउँदै, १० हजार युवालाई शिपमुलक तालिम

  • जेठ १३, २०७९
  • ११६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १३ जेठ । महिलालाई हरेकक्षेत्रमा पँहुच बनाउँन उनीहरुको शिक्षा स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्राथमिकतामा राखेको लहान नगरपालिकाका उपमेयर रामचरितर महतोले बताउँनुभयो । बुधवार लहान नगरपालिकामा नवसंग्रामकर्मीसँग उपमेयर महतोले गरिब, दलित तथा विपन्नवर्गका महिलालाई निःशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने कार्ययोजना तयार भइरहेको छ । रोजगारीतर्फ जोेडन आयआर्जनसहित शिपमुलक तालिमको व्यवस्थापन गरिने बताउँनुभयो ।

दलितलाई किरियाखर्च ५ हजार दिने हाम्रो मेयर साहेवले घोषणा नै गरिसकेको भन्दै उपमेयर महतोले आँग खस्ने महिलाको उपचारको व्यवस्थापनका साथै निशुल्क सेनेटरी प्याडको व्यवस्थापन गर्ने कार्ययोजना रहेको बताउँनुभयो । मदिरा सेवन गरेर पतिले पत्निलाई हिँसा दिने गरेको छ । हिँसामा परेका महिलाहरु प्रहरीमा कुदिरहन्छन् । तर, न्याय नपाएको अवस्था छ । त्यसको निम्ति विशेष योजनासहित न्याय समितिलाई सशक्त पारेर महिलालाई न्याय दिलाउँन कसिलो संयन्त्र बनाउँन तयारी रहेको उपमेयर बताउँनुभयो ।

उपमेयर महतोले १० हजार युवाहरुलाई शिपमुलक तालिम दिएर रोजगारीतर्फ उन्मुख गराउँने तयारी भइरहेको छ । तालिम लिएका युवाहरु वैदेशिक रोजगारमा नगएपछि उनीहरुलाई स्थानीयमै २ लाखसम्म ऋण दिएर रोजगारी सृजना गर्ने कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाउँने महतोले बताउँनुभयो । स्वास्थ्य क्षेत्रलाई सवल बनाउँन लहान स्थित रहेको अस्पताललाई ट्रामा सेन्टरको रुपमा अगाडि बढाउँने योजना रहेको छ । योसँगै कृषिक्षेत्रमा विशेष कार्यक्रम ल्याउँने कार्ययोजना रहेको छ ।

पूवमेयर मुनी साहले लहान नगरपालिकालाई भ्रष्टाचारको अखाडा बनाएको थियो । जहाँत्यही समस्या रहेको छ । पहिला यसलाई कन्ट्रोल गर्नुपरेको छ । महिनामा साढे तीन लाखको चिया खाने गरेको थियो । त्यसलाई हामीले समाप्त गरेको छु । त्यो चमेनागृह नै हटाउँनुपरेको उपमेयर महतोले बताउँनुभयो । अहिले एक अरबको ऋण नगरपालिकामाथी थुपारेर गएको छ त्यो खाल्डो भर्न नै समय लाग्ने उहाँले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤