Siraha Times
ताजा समाचार

लहानका मेयर चौधरी प्रतिबद्धता पुरा गर्दै

  • जेठ १२, २०७९
  • १४१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १२ जेठ । सहीसत्य मार्ग अपनाएका व्यक्ति बोलेपछि पुरा पनि गर्छन् । आज लहानमा यस्तै जनताका छोरा मेयर महेश चौधरी आफ्ना प्रतिबद्धता पुरा गर्न गराउँन सक्रिय भएका छन् । मेयर चौधरीले एक दिन अगाडि मात्रै अत्तिविपन्नवर्गका मुसहर डोम परिवारलाई क्रियाखर्च दिने प्रतिबद्धता गरेका थिए । आज त्यो प्रतिबद्धताको शुरुवात गरेको छ । लहान १३ स्थित एक डोम परिवारलाई क्रियाखर्च ५ हजार दिएर आफ्नो प्रतिबद्धताको शुरुवात गरेको छ । योसँगै सिरहाको लहान नगरपालिकाले दैनिक ज्यालादारीमा भर्ती भएका ८१ जना कर्मचारी हटाएको छ ।

नवनिर्वाचित मेयर महेशप्रसाद चौधरीले विभिन्न नाममा कार्यकर्ता भर्ती गरेर नगरपालिकाको राजश्व दोहोन मात्रै गरेको भन्दै ज्यालादारी कर्मचारी हटाएको हो । ‘पूर्व मेयर मुनी साहको सुरक्षादेखि घरमासमेत काम गर्ने, मेयरको भाइको सुरक्षाको लागि भनेर खटाइएका, वडाहरुमा विभिन्न पद दिएर राखिएका ज्यालादारी कर्मचारी हटाएको हो । ज्यालादारी कर्मचारीको लागि नगरपालिकाबाट मासिक ३० लाखसम्म बजेट खर्च हुने गरेको थियो ।

यसैगरी, मंगलबार नगरपालिकामा बैंकर, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा एउटा बैँकलाई एउटा वडाको वृद्धभत्ता बाड्ने प्रक्रिया अगाडी बढाउन सहमति गरेको छ । पहिलो एउटै बैँकमा धेरै वडाको वृद्धभत्ता बाड्दा समस्या हुन्थ्यो । घण्टौँ सम्म वृद्धवृद्धालाई सडकमा बस्नु पर्ने झन्झट थियो । दोस्रो चरणमा वृद्धलाई कसरी घरमै भत्ता पुगाउँदा सहज हुने विषयमा फेरी छलफल गरेर निर्णय पुगिने मेयर चौधरीले सुनाए । अपाङ्ग, अशक्त, धेरै उमेर समुहका वृद्धवृद्धाहरुलाई घरमै जसरी पनि भत्ता पुगाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१