चलचित्र नायक चौधरी जनता सेवाको लागि बने वडाध्यक्ष

  • जेठ १२, २०७९
  • १४३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १२ जेठ । सिरहाको लहान नगरपालिका वडा नम्बर ११ का नवनिर्वाचित वडा अध्यक्ष सुर्यनारायण चौधरीले आज कार्यालयमा पदभार ग्रहण गरेका छन् । नेपाली काँग्रेसबाट निर्वाचित चौधरीलाई स्थानीयले भब्य स्वागत गरिएका छन् । राजनीति गुणले भरिपुर्ण मानिए अध्यक्ष चौधरी २०७४ को स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए । जनताले बैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट नेता सुर्य नारायण चौधरीलाई बहुमतले बिजय गराएका छन् । चौधरीले पदभार ग्रहण गर्नु अगाडी हिन्दु परम्परा अनुसार उनले शान्ति पुजा गरेका थिए । पुजा पश्चात् उनले निरन्तर जनताको सेवामा रहने उनले बताए । चौधरी फिल्मी कलाकार समेत हुन् । आधा दर्जन चलचित्रमा नायकको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१