Siraha Times
ताजा समाचार

चलचित्र नायक चौधरी जनता सेवाको लागि बने वडाध्यक्ष

  • जेठ १२, २०७९
  • १५८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १२ जेठ । सिरहाको लहान नगरपालिका वडा नम्बर ११ का नवनिर्वाचित वडा अध्यक्ष सुर्यनारायण चौधरीले आज कार्यालयमा पदभार ग्रहण गरेका छन् । नेपाली काँग्रेसबाट निर्वाचित चौधरीलाई स्थानीयले भब्य स्वागत गरिएका छन् । राजनीति गुणले भरिपुर्ण मानिए अध्यक्ष चौधरी २०७४ को स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए । जनताले बैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट नेता सुर्य नारायण चौधरीलाई बहुमतले बिजय गराएका छन् । चौधरीले पदभार ग्रहण गर्नु अगाडी हिन्दु परम्परा अनुसार उनले शान्ति पुजा गरेका थिए । पुजा पश्चात् उनले निरन्तर जनताको सेवामा रहने उनले बताए । चौधरी फिल्मी कलाकार समेत हुन् । आधा दर्जन चलचित्रमा नायकको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१