लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

  • जेठ ११, २०७९
  • ११३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, जेष्ठ ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तर्गत आज लौहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले एक कार्यक्रम का बिच उद्घाटन गरेका छन् l कार्यक्रमको अध्यक्षता स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति संयोजक जाकिर हुसेन , प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका वडा नं ८ वडाध्यक्ष नूर मोहम्मद खा, वडा सदस्य सुनिल चौधरी, कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत सत्यराम हरिजन, कृषि ज्ञान केन्द्रका रबिन्द्र नाथ चौबे, अतिथिमा कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख सुदिप कुमार मौर्य, कृषि अफिसर प्रविना अचार्य लगायत अन्य रहेका थिए l कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले उपस्थित सम्पूर्णमा धन्यवाद दिदै स्मार्ट कृषि गाँउ नगरपालिका भित्र रहनु आफैमा सराहनीय रहेको, उक्त गाँउ मा कृषि आधुनिकीकरण अनुसार बालीको उब्जनी बढेको बताउदै नगरपालिका बाट कृषि क्षेत्रको विकासमा हुन सक्ने हरेक सम्भव प्रयास गरिने बताए l           कार्यक्रममा सिचाई स्मार्ट कार्यक्रम, जलवायु स्मार्ट कार्यक्रम, हाइब्रिड जातको धान बिउ खरिद, खाद्य पोषण स्मार्ट कार्यक्रम, प्रविधि स्मार्ट, बजार स्मार्ट लगायतको बिषय यस लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति अन्तर्गत राखिएको उपस्थित माझ जानकारी गराइएको थियो l कार्यक्रममा वक्ता हरूले आधुनिक प्रविधि, हाइब्रिड बिउ, उचित मलको प्रयोग लगायतले बालीनालीको उब्जनी बढेको कुरामा जोड दिएका थिए l कार्यक्रम संचालन कृषि ज्ञान केन्द्र तौलिहवाका योजना अधिकृत शिव पूजन गुप्ताले गरेका थिए l उपस्थित सबैमा धन्यवाद दिदै कार्यक्रमका अध्यक्ष जाकिर हुसेनले कार्यक्रम समापनको घोषणा गरे l

प्रतिक्रिया दिनुहोस

बलान विहुलमा पोषण तथ ...

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत् ...

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१