सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नेपाली काङ्ग्रेसको सत्ताको विजयी

  • जेठ १०, २०७९
  • १२७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/ १० जेठ । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा यसअघि (जसपा) जनता समाजवादी पार्टी नेतृत्वको सरकार बनेकोमा यसवर्षको स्थानीय चुनावमा नेपाली काङ्ग्रेसले आफ्ना सरकार बनाएका छन। समग्र लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट चतुरान्नद ठाकुर र उपाध्यक्षपदमा त्यसै पार्टीका अमरकला देवी यादव निर्वाचित हुनु भएको छ। योसँगै लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर १ पिप्रा प्रधमा नेपाली काङ्ग्रेस नेता प्रशुराम मण्डलले निर्वाचित भई नयाँ नेतृत्वमा चयन हुनुभएको छ। वडा नम्बर २ पर्सा पोखरभिण्डामा नेपाली काङ्ग्रेसका नेता रामचन्द्र चौधरी निर्वाचित हुनु भएको छ।

त्ययसैगरि वडा नम्बर ३ महेशपुर हरिनगरमा नेपाली काङ्ग्रेसका नेता दिलिप साफी निर्वाचित भई नेतृत्व गर्ने भएको छ। वडा नम्बर ४ लक्ष्मीपुरमा विद्यान्नद साह सुडी यसअघि अर्थात पछिल्लो चुनावमापनि निर्वाचित भई दोस्रोपटक कार्यकाल सम्हानु भएको छ। दलित जनप्रतिनिधि दलितका लागि उपयुुक्त भएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अशेश्वर मण्डलले बताएका छन। 'उनका' अनुसार दलितले दलितको पीडा बुझ्छ, सदैब तिनका हक अधिकार, कथित दलितलाई जीवनस्तरमा सुधार ल्याउनका निम्ति आफ्नो कदम अगाडि बढाउने बताए।अत: लक्ष्मीपुर पतारी गाउँपालिकामा नयाँ नेतृत्व हेतु नेपाली काङ्ग्रेसले अधिकाँश सिटहरुमा विजयी हात पार्नु भएको छ।

 

प्रतिक्रिया दिनुहोस

बलान विहुलमा पोषण तथ ...

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत् ...

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१