कपिलवस्तुको कृष्णनगर नगरपालिका को नगरप्रमुखमा शाह उपप्रमुखमा चौधरी वार्ड अध्यक्ष र सदस्य लगायतका शानदार जीत

  • जेठ ७, २०७९
  • ११९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु ,जेष्ठ ७ कपिलवस्तुको कृष्णनगर नगरपालिका को प्रमुखमा नेपाली कांग्रेस पार्टीका उम्मेदवार रजतप्रताप शाह विजयी भएका छन् ! र उपप्रमुख नेपाली कांग्रेस पार्टी का उम्मेदवार भुलन चौधरी कि पत्नी श्रीमति आरती देवी चौधरी विजयी भएकी हुन ! कृष्णनगर नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदमा शाह पुन: दोस्रो पटक निर्वाचित हुनुभएका छ्न ! जनताको मन जित्न सफल लोकप्रिय नेता , जुझारु ,कर्मठ ,निडर, विकास प्रेमी ,अधुरा योजनाहरु पुरा गर्ने प्लानका साथ कृष्णनगरको अनुहार बदल्न सक्ने सोचका साथ नगर प्रमुख शाह विजयी भएक छन !

कृष्णनगर नगरपालिका, वडा नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी वार्ड अध्यक्षका उम्मेदवार तुंगनाथ चौधरी लगायत पुरै प्यानल विजयी भएका छन ! कृष्णनगर नगरपालिका वडा नं. २ बाट नेकपा एमालेको वडा अध्यक्ष पदका उम्मेदवार कृष्ण कुमार गुप्ता(के के गुप्ता ) विजयी हुनु भएका छन ! कृष्णनगर न पा वार्ड ३ बाट नेकपा एमाले निकटका उम्मेदवार सागिर अहमद खानले पुनः वार्ड अध्यक्ष पदमा विजयी भएका छन ! कृष्णनगर नगरपालिका वार्ड न. ४ बाट नेपाली कांग्रेस का उम्मेदवार घनश्याम अग्रहरी ( चिन्कु प्रधान ) ले निर्बाचित हुनुभएका छन !

कृष्णनगर नगरपालिका वडा नं ५ वडाध्यक्षमा नेपाली कांग्रेस का जमिल खाँ ले पुनः वार्ड अध्यक्षमा विजयी भएका छन ! कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ६ मा नेकपा एमालेका युवा उम्मेदवार जावेद आलम खाँ विजयी भएका छन ! कृष्णनगर नगरपालिका वडा नं.७ मा अध्यक्ष पदमा जनता समाजबादी पार्टीका युवा उम्मेदवार राज किशोर यादव लगायत पैनल सहित पुनः निर्बाचित भएका छन् ! कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ बाट माओवादी केन्द्रका उम्मेदवार नूरमोहम्मद_वडाध्यक्षमा पुन: निर्बाचित भएका छन !

कृष्णानगर न०पा० वडा नं० ९ बहुजन शक्ति पार्टी नेपाल का वडा अध्यक्ष पदमा नव निर्वाचित युवा नेता सतिष कुमार निगमले विजयी भएका छन ! कृष्णानगर न. पा वार्ड न १० बाट नेपाली कांग्रेसका उम्मेदवार वडा प्रमुखमा नेतृत्व कर्ता, सहयोगी एवं जनप्रिय जनसेवक हरिपाल चतुर्वेदीले ३ सदस्यका साथ् विजयी भएका छन ! कृष्णनगर नगरपालिका वडा नं. ११ जनता समाजबादी पार्टी का वडा अध्यक्ष पदका उम्मेदवार जीवन कुमार श्रीवास्तव पैनल सहित निर्वाचित भएका छन।

कृष्णनगर नगरपालिका वार्ड नं. १२ मा माओवादी केंद्र का उम्मेदवार प्रहलाद यादव वडा अध्यक्ष पदमा विजयी हुनु भएका छन ! कृष्णनगर नगरपालिकामा १ जना मेयर , १ जना उपमेयर , १२ जना वार्ड अध्यक्ष विजयी भएका छन ! पुरुष तर्फ प्रथम सदस्य मा १२ जना र दोस्रोमा सदस्यमा १२ जना गरि २४ जना पुरुष सदस्यमा विजयी भएका छन !

महिला तर्फ १२ जना र दलित महिला तर्फ १२ जना गरि २४ जना महिला सदस्य मा निर्बाचित भएकी छिन ! कृष्णनगर न.पा. मा १ जना पुरुष नगर प्रमुखमा, १ जना महिला नगर उपप्रमुखमा , १२ जना पुरुष वार्ड प्रमुखमा , २४ जना पुरुष सदस्यमा र २४ जना महिला सदस्य गरि ४८ जना सदस्यमा गरि ६२ जना जनप्रतिनिधि कृष्णनगर नगरपालिकामा निर्बाचित भएका छन् !

 

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१