ताजा समाचार

सिरहा नगरपालिकाका वडा अध्यक्ष लगायत वडा सदस्यहरुले पाए प्रमाणपत्र

  • जेठ ७, २०७९
  • १०९० पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया ,सिरहा नगरपालिका वडा नं.१७ का नव निर्वाचित वडा अध्यक्ष उमेश प्रसाद यादव लगायत विजय भएका वडा सदस्यहरुलाई मुख्य निर्वाचन कार्यालय सिरहाले प्रमाणपत्र प्रदान गरेका छन् । सिरहा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच मुख्य निर्बाचन अधिकृत तथा जिल्ला अदालत सिरहाका नयाधिश प्रकाश खरेलले प्रमाणपत्र बितरण गरेको थियो । प्रमाण पत्र वितरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खरेलले भने अबको पाँच वर्षसम्म जनताको सेवामा सर्मपित हुन नवनिर्वाचित मेयर डा.नवीन यादव सहितका जनप्रतिनिधीलाई सुझाव दिए । कत्तिपनि पुर्वाग्रह नराखेर जनताको सेवा गर्न उनीहरुले आग्रह गरे । विकास मात्रै सडक नभई प्रत्येक क्षेत्रमा उन्नति र प्रगति गर्नु नै विकास रहेकोले सम्पूर्ण क्षेत्रको विकासमा ध्यान दिन मेयर डा.नविन यादवलाई मुख्य निर्बाचन अधिकृत तथा जिल्ला अदालत सिरहाका नयाधिश प्रकाश खरेलले आग्रह गरेका हुन् । यस्तै सिरहा नगरपालिका वडा न.१७ का वडा सदस्यहरुमा उमेशचन्द्र बरबरीया यादव , संजीव कुमार साह , दौलेतदेवी यादव , संगीता कुमारी पासवान लगायत पुरा प्यानल सहित भारी मतले विजयी भएकाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤