सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्षमा चतुरान्नद ठाकुर विजयी

  • जेठ ६, २०७९
  • ९०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/६ वैशाख। सिराहाको लक्ष्मीपुर पतारी गाउँकार्यपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका नेता चतुरान्नद ठाकुर विजयी हुनु भएको छ। अर्थात लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका नेता चतुर (बाबू) उर्फ चतुरान्नद ठाकुर निर्वाचित हुनु भएको छ। नेता ठाकुर मतगणना दिनदेखि नै सबैभन्दा अग्रणी देखिएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अशेश्वर मण्डलले बताएका छन। नेता ठाकुरले समाजमा छोडेका आफ्ना राम्रा छापहरुको आज प्रतिफलसँगै जनताको वहाँप्रतिको भावनाको जित भएको छ। स्रोतका अनुसार नेता ठाकुरले अहिलेसम्म गरेको आफ्ना समाजसेवा , जनता प्रतिको सहयोग सद्भावले आज राजनीतिकको नयाँ पद्धति सुरुवात गरेको छ। पालिकामा ६ वटा वडाहरु छन। वडा न.१ पिप्रा प्रध , वडा न.२ पर्सा पोखरभिण्डा, वडा न. ३ महेशपुर हरिनगर , ४ न.लक्ष्मीपुर , ५ खरुक्याही , ६ सितापुर गाउँहरु पर्दछन। अहिले लक्ष्मीपुर पतारीका ६ वटै वडाहरुमा खुशीको सिमा छोएको छ।

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१