Siraha Times
ताजा समाचार

लहान गठबन्धनमा काँग्रेसका मेयर र जसपाका उपमेयर विजय, घोषणा बाँकी

  • जेठ ६, २०७९
  • १२३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता — नवसंग्राम दैनिक लहान, ५ जेठ । देश भरिमै नगरपालिकाहरु मध्ये सबैभन्दा बढी २४ वटा वडा रहेको लहान नगरपालिकामा गठबन्धनको मेयर उपमेयर विजयको सम्भावना छ । गठबन्धनबाट मेयरमा महेश चौधरी र उपमेयरमा जसपाका रामचरित्र विजय भएका छन् । योसँगै गठबन्धनकै काँग्रेसले १५ वटा वडामा वडाध्यक्ष विजय भएका छन् । गठबन्धनकै जसपाबाट ३ वटा वडा र माओवादीबाट १ वडाध्यक्ष विजय भएका छन् । नेकपा एमालेबाट ४ वडा र एकीकृत समाजवादीबाट १ वडाध्यक्ष विजय भएको छ । काँग्रेसको विजय भएका वडाहरु लहान १, २, ३, ५, ६, ७, ८, ९, ११, १२, १३, १५, १६, १९, २२ वटा वडामा वडाध्यक्ष विजय भएका छन् ।

नेकपा एमालेको लहान १०, १७, १८ र २१ मा वडाध्यक्ष विजय भएका छन् । त्यसैगरी, जसपाको लहान ४, २३ र २४ मा वडाध्यक्ष विजय भएका छन् । वडा २१ मा माओवादीका वडाध्यक्ष विजय भएका छन् भने एकीकृत समाजवादीको लहान १४ मा वडाध्यक्षसहित विजय भएको छ । लहानको मतपरिणाम अनुरुप नगर प्रमुख पदमा नेपाली कांग्रेसका प्रमुख (मेयर) पदका उम्मेदवार महेश प्रसाद चौधरी विजय भएका छन् । जसपाका उपमेयरमा रामचरित्र महतो विजय भएको छ । तर, अधिकारिक घोषणा भएको छैन । विगत २०७४ को स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले ९ वटा वडा जितेर नेकपा एमालेलाई कडा टक्कर दिएको भएपनि प्रमुख र उप–प्रमुख पद आफ्नो कोल्टामा पार्न सफल हुन सकेको थिएन ।

यसपालीको चुनावमा भने नेपाली कांग्रेसले एमालेका गढ मानिएका वडा नं– ५ र वडा नं–११ मा पनि जित्न सफल भएको छ । वडा नं–५ मा लहान नगरपालिकाका निवर्तमान प्रमुखको घर भएको वडा हो भने ११ नं– नेकपा एमालेका नगर सभापतिको घर हो । गत स्थानीय तहको चुनावमा ती दुबै वडामा एमालेले जित हात पारेको थियो । यस अघि एमालेबाट मुनि साहले ११ हजार ३०१ मत ल्याएर नगर प्रमुख पद हात पारेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्मितलाल चौधरीले ९ हजार १३१ मत ल्याएका थिए । नेकपा एमालेको मत यथावत नै रहेको छ भने काँग्रेसले गठबन्धन गर्दा विगतको चुनाव भन्दा दोब्बर मत ल्याएका छन् । यस्तो अवस्थामा काँग्रेस एकल चुनावी मैदानमा गएको भए एमालेले पूनः जित हात पार्ने निश्चित नै रहन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१