Siraha Times
ताजा समाचार

विजयनगरमा आइतबार देखि रोकिएको मत गणना पुनःसुचारु गर्न निर्वाचन आयोगलो निर्देशन

  • जेठ ४, २०७९
  • १०५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइतबार देखि रोकिएको मत गणना पुनः सुचारु गर्न निर्वाचन आयोगले निर्देशन गरेको छ । विजयनगरमा रोकिएको मतगणनाको विषयमा निर्वाचन अधिकृतको कार्यालय,विजयनगर गाउँपालिका कपिलवस्तु को पत्र संख्या ०७८/०७९ को जेष्ठ २ गते पत्राचार गरिएको पत्र प्राप्त भइ व्योहरा अवगत भइ आयोग बाट जेष्ठ ३ गते भएको निर्णय पत्रमा उल्लेख गरिएको छ । मंगलवार निर्वाचन अधिकृतको कार्यालय विजयनगरलाई पत्राचार गर्दै निर्वाचन आयोगले गरेको निर्णय कार्यनयन गर्न निर्देशन दिएको हो । फरक वडाका मतदान केन्द्रका मतपेटिकामा भएका मतपत्रलाई यकिन गरि छुट्याई छुटा छुट्टै मतपेटिकामा राखि आवश्यकता अनुसार सिलछाप गरी सुरक्षित रुपमा राख्न लगाइ एउटा वडाका सम्बन्धित मतपेटिका मतपत्रहरु यकिन गरि गणना कार्य गर्न निर्वाचन अधिकृत कार्यालय निर्देशन दिने निर्णय रहेको छ । मत गणना स्थलको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने पत्रमा भनिएको छ

Open photo

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१