सिरहाको १७ स्थानीयतहमा २ जसपा र २ एमालेका प्रमुखमा विजय

  • जेठ ४, २०७९
  • १०४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, ४ जेठ । सिरहाको १७ पालिका मध्ये ४ स्थानीयतहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । आजसम्म जनता समाजवादी पार्टीले नवराजपुर र अर्नामा गाउँपालिकामा अध्यक्ष उपाध्यक्षसहित निर्वाचित भएको छ । विष्णुपुर गाउँपालिकामा जसपाका उपाध्यक्ष निर्वाचित भएको छ । नेकपा एमालेले भगवानपुर र विष्णुपुरमा अध्यक्ष निर्वाचित भएको खबर छ । विष्णुपुरमा एमालेका अध्यक्षमा मात्र विजय भएका छन् । सिरहाको नवराजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । निवर्तमान अध्यक्ष विश्वमोहन प्रसाद यादवलाई दुईहजार भन्दा बढी मातान्तरले शिव उदगार यादव ‘शिवा’ विजयी भएका हुन् ।

उनले ४ हजार ५ सय ५४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिस्पर्धि नेपाली कांग्रेसका विश्वमोहन प्रसाद यादव मात्र २ हजार ५ सय २५ मत र नेकपा एमालेका खुशिलाल साहले १ हजार ७ सय ५३ मत प्राप्त गरेको छ । विश्वमोहन कांग्रेस नेतृ एवम् पूर्व उपसभामुख समेत रहेकी चित्रलेखाका दाजु हुन् । उपाध्यक्षमा जसपाकै पुनम कुमारी यादव ४ हजार ३ सय १८ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धीहरु कांग्रेसकै शोभा कुमारी यादवले २ हजार ३ सय ८५ मत र नेकपा एमालेका संगीता कुमारी यादवले २ हजार ४६ मत प्राप्त गरेकी छिन् । पालिकाको ५ वडा मध्ये ४ वटा वडा जसपाले हात पारेको छ भने एउटा वडा नेपाली काँग्रेसले जितेको छ ।

जसपाको तर्फबाट वडा नम्वर १ मा नविन कुमार यादव ९ सय १३, वडा नम्वर २ मा सुरेश कुमार यादव ४ सय २९, वडा नम्वर ३ मा वंशिलाल यादवले १ हजार १ सय ३७ मत र वडा नम्वर ५ मा जयप्रकाश यादवले १ हजार २० मत प्राप्त गरी निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट वडा नम्वर ४ का उम्मेदवार मदन यादव ७ सय ८३ मत सहित विजयी भएका छन् ।यसैगरी, अर्नामा गाउँपालिकामा जसपाका जिल्ला अध्यक्ष अशोक यादव अध्यक्षमा निर्वाचित भएका छन् । यसको विवरण आउँन बाँकी छ । सिरहाको विष्णुपुर गाउँ पालिकाको एउटै वडा जित्न नसकेपनि प्रमुख भने नेकपा एमालेले विजय भएका छन् । निवर्तमान गापा अध्यक्ष जागेश्वर यादवलाई ४१ मतले पछि पार्दै नेकपा एमालेका सत्य नारायण यादव गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । सत्यनारायणले २ हजार १ सय ५८ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वि निवर्तमान अध्यक्ष तथा जसपाका उम्मेदवार जागेश्वर यादवले २ हजार १ सय १७ मत र नेपाली काँग्रेसका उम्मेदवार कुशेश्वर यादवले १ जहार ९ सय ६० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा भने जनता समाजवादीका गीता कुमारी सिंह विजयी भएकी छिन् । उनी २ हजार २ सय ७२ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रसकी चन्द्रकला कुमारी यादवले १ हजार ९ सय ६९ र नेकपा एमालेका शान्ति देवी यादवले १ हजार ७ सय ६४ मत प्राप्त गरेकी छिन् । पाँच वटा वडा रहेको यस पालिकामा ३ वटा नेपाली काँग्रेस र २ वटा वडामा जसपाका उम्मेदवार विजयी भएका छन् । जसपाका भोगेन्द प्रसाद यादवले वडा नम्वर १ बाट ७ सय ९८ मत, जय कुमार यदवले ३ नम्वर वडाबाट ४ सय ४१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । त्यसैगरी, नेपाली काँग्रेसका प्रमोद कुमार यादवले वडा नम्वर २ बाट २ सय ७७, रामबाबु यादव ४ बाट ९ सय १५ र जयनारायण यादव ५ नम्वर वडाबाट ६ सय १८ मत प्राप्त गरी निर्वाचित भएका छन् । यस गाउँपालिकामा ६ हजार ८ सय ८८ पुरुष र ६ हजार १ सय ६४ महिला सहित १३ हजार ५२ मतदाता रहेपनि ९ हजार ७ सय २४ मात्र मतदान भएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

यसैबीच सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र चार वडाध्यक्ष नेकपा एमाले विजय भएका छन् । भगवानपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उग्रनारायण विजयी भएका छन् । उनले ४ हजार ३०२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याए । यादव २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन् । उनले ३ हजार ९६० मत पाएकी हुन् ।

उनका निकटम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादव ३ हजार २१० मतमै सीमित भइन् । पाँच वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट १ नम्बर वडाध्यक्षमा मिरादेवी यादव, २ नम्बर वडाध्यक्षमा सूर्यनारायण यादव, ३ नम्बरर वडाध्यक्षमा विनोद यादव र ५ नम्बर वडाध्यक्षमा अमरलाल यादव विजयी भएका छन् । वडा नम्बर ४ को वडाध्यक्षमा जसपाका रामकुमार यादव विजयी भए ।

 

 

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१