राजदेवी मन्दिरमा सुरक्षा फितलो, लुटपाट चोरी

  • जेठ ३, २०७९
  • १५९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, २ जेठ । लहान १५ स्थित राजदेवी मन्दिरमा दर्शनार्थीहरुको भीड लागेपनि समितिले सुरक्षाको व्यवस्थापन नगरेकोले लुटपाट हुने गरेको छ । बढी भिडभाड भएकोले दर्शनार्थीहरुको मोवाईल, सिक्री, मंगलसुत्र, पैसा खोस्नेहरु मन्दिरकै गेटमै रहेपनि मेला समिति उदासिन छन् । मेला समितिको हेलचक्राईको कारण दर्शनार्थीहरु समस्यामा पर्ने गरेको पत्रकार भारती गुप्ताले बताइन् । गुप्ताले मेला समितिका अध्यक्ष सदस्यहरु कुर्सीमा बसेर टिकट काट्ने काम मात्रै गर्छन् । आम्दानीको लागि मात्रै यसरी बस्दैमा मेलाको सुरक्षा व्यवस्थापन फितलो बनेको छ । प्रहरी प्रशासनको समेत यस्तो भिडको मेलामा ध्यानाकर्षण नभएको अवस्था छ ।

खुशीको लागि पुगेका दर्शनार्थी दुखी भएर फर्किने गरेको छ । मन्दिरको गेटमा सुरक्षा व्यवस्थापन लहान ७ की एक महिलाको झोलाबाट मोवाइल चोरी भएको छ । यसवारे पीडित महिलाले मेला समितिका अध्यक्षलाई जानकारी गराउँदा प्रशासनमा जानु भन्दै वेवस्ता गरेका छन् ।

मन्दिरमा दर्शन गर्नेहरुको घुइचो

सिरहाको लहान–१५ ढोढना वीरनगरमा रहेको राजदेवी पञ्चावती मन्दिरमा सोमबार पूजाअर्चनासहित बलि प्रदान गर्न भिड लागेका छन् । आज शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती । आजको दिन बली चढाउन नहुने मान्यता रहेपनि पञ्चावती मन्दिरमा हजारौ सँख्यामा बली प्रदान गरिएको छ । राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति, रोग ब्याधीबाट मुक्ति र कुनै पनि मनोकाङ्क्षा पुरा हुने गरेको जनविश्वास छ । सोही कारण बली बढाउन हिजो साँझदेखि नै यो राजदेवी मन्दिर क्षेत्रमा भिडभाड छ । आज विहानदेखि हजारौं श्रद्धालु बली चढाउन ‘लाइन’ लागेको देखिन्छ । मन्दिरमा दर्शन गर्नेहरुको पनि घुइचो लागेको छ । मन्दिरमा खसी, बोका, हाँस, परेवा र कुखुरा बली चढाउने मानिसको दिनभरि उत्तिकै भीड रहेको थियो ।

नेपाली तथा भारतीय दर्शनार्थी नागरिक हजाराँैको संख्यामा पूजा हेर्न, भाकल गर्न तथा आफ्नो मनोकांक्षा पूरा गर्ने मनोभावना लिएर माता राजदेवीको दर्शन गर्ने मानिसको निकै ठूलो घुइँचो लागेको थियो । राजदेवी पञ्चावती संरक्षण विकास समिति ढोढनाका अनुसार १६ हजार बोका, पाठा, अनगिन्ती परेवा, कुखुरा, हाँसको बलि चढाइनुका साथै नगद लाखौ, चाँदी र सुनसमेत माता संरक्षण विकास कोषमा आम्दानी भएको समितिका विरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

औरही गाउँपालिकाको १३ ...

लहान, ११ असार । सिरहाको औरही गाउँपालिका १३ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ। प्रमुख अतिथि लोक सेवा ...

औरही गा.पा.मा प्रशास ...

ओम प्रकाश यादव लहान असार ११ । सिरहा जिल्लाको दक्षिणी सीमासंगै जोडिएका औरही गाउँपालिकामा आज विशेष कार ...

भगवानपुर गाउँपालिकाक ...

ओम प्रकाश यादव, लहान, असार ११ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१