Siraha Times
ताजा समाचार

बागि उम्मेदवार महतो , गोलबजारमा अरु पार्टी माथी भारि पर्दै

  • वैशाख २६, २०७९
  • १०६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, २६ वैशाख । गोलबजार नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार रामचन्द्र महतोले आज रोड शो गरेको छ । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि मेयरमा बागी उम्मेदवारी दिएको महतोले नगरपालिका भरी रोड शो गर्दै शक्ति प्रदर्शन गरेका छन । जनताको सुःख दुखमा सँधै साथ दिँदै आएको स्वतन्त्र मेयरका उम्मेदवार महतोले उम्मेदवारी दिएपछि चुनावको माहोल तात्तिएको छ । बिगत ५ वर्षमा स्थानिय सरकारले चरम अनियमितत्ता गरी जनतालाई अनावश्यक समस्यामा पारेको भन्दै स्थानिय जनताले बिकल्पको रुपमा महतोलाई लिएका छन् ।

उम्मेदवार महतोले शिक्षा, स्वास्थ्य र कृषि आफ्नो पहिलो प्रथामिकता रहेको बताएको छ । नगरपालिकाको बिकास तथा समृद्धिका लागि आफ्नो जित आवश्यक रहेको उनले बताए । घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले भने,“पालिकामा सदैव नगरपालिकावासी जनताको हितका लागि काम गर्ने गरि अघि बढ्ने छु, पालिकालाई भष्ट्राचार मुक्त बनाउँदै जनतालाई शुसासनको प्रत्याभूति दिलाउने काममा आफु लागि पर्ने छु ।” अनेक चुनौती का बाबजुद चुनावि मैदानमा उत्रिएको र पार्टीले आफुमाथि गरेको विश्वास कायम राख्दै पालिकाबासिको समस्यालाई समाधान गर्ने उनले बताए । अगाडी उनले थपे, “विगत ५ वर्ष पालिका जुन गतिमा अघि बढ्नु पर्ने थियो, त्यसरी अघि बढ्न सकेन, त्यसको कारण असक्षम नेतृत्व नै हो, अब त्यो नेतृत्व परिवर्तन गर्ने समय आएको छ, पालिकावासीले मलाई साथ दिने छन् ।”

पालिकावासीको माझ लोकप्रिय रहेका उम्मेदवार महतोले सामाजिक कार्यमा सक्रिय हुदैं आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न समक्ष देखिन्छ । पालिकाको नेतृत्व आफुले पाए पालिकालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार,सडक विधुत, कृषि, क्षेत्रमा अगाडि बढाउने उनले जिकिर गरे । बागी उम्मेदवारी दिएपछि पार्टीले महतो सहित ६ जनालाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१