Siraha Times
ताजा समाचार

बहुजन शक्ति पार्टी विजयनगर गाउपालिकामा भव्य रयाली सम्पन्न

  • वैशाख २६, २०७९
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत /२५ बैशाख । बहुजन शक्ति पार्टी विजयनगर गाउपालिकामा भव्य रयाली निकालेको छ । स्थानीय तहको निर्वाचन नजिक्दै जादा बहुजन शक्ति पार्टी विजयनगर आफ्नो शक्ति प्रदर्शन गर्दै भव्य रुपले आफ्नो रयालीको आयोजना गरेको हो । विजयनगर गाउपालिका मेयर प्रत्याशी गुरुप्रसाद चौधरी (थारू) बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा बहुजन शक्ति पार्टी लाई नै मतदान गर्न आग्रह गर्दै उम्मेदवार निस्केको बहुजन शक्ति पार्टी विजयनगर गाउपालिकाको आफ्नो भव्य रयाली प्रदर्शन गरेका छन ।गुरुप्रसाद चौधरी (थारू) कुनैपनि पार्टी खराब नहुने, व्यक्ति खराब हुने गरेको भन्दै आफ्नो अमुल्य मत बहुजन शक्ति पार्टी विजयनगर लाई नै गर्ने उम्मेदवार दुबेले आग्रह गरेका हुन ।

बिगत ५ बर्षदेखी भ्रंष्टाचारको अखडा बनेको विजयनगर गाउपालिकामा अन्तय गर्नको निम्ति, कृष्कहरुको समस्याको निम्ति, शिक्षा र स्वास्थ्यको निम्ति, युवाहरुको रोजगारी तथा उज्जवल भविष्यको निम्ति, गुन्डागर्दीराज समाप्त गर्नको निम्ति उम्मेदवारी दिएको कृष्णा गौतम जानकारी दिनुभयो । उहाले विजयनगर गाउपालिकावासीहरु संग आग्रह गर्दै यसपालिको निर्वाचनमा मतदान गरी आफुलाई निर्वाचित गराउन आग्रह गर्नुभयो । बहुजन शक्ति पार्टी विजयनगर बाट उम्मेदवारी दिनु भएका यस संग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा कुनै पार्टी चिनेर होइन व्यक्ति बिशेषमा मतदान गर्न आग्रह गर्नुभयो ।

भ्रष्टाचारी, अपराधी अथवा गुन्डागर्दी गर्नेहरुको जमातलाई केही रकममा सहयोग नगर्न विजयनगर गाउपालिकावासीहरुलाई आग्रह गर्नुभयो । भ्रष्टाचारीलाई जिताए कुनैपनि हालतमा भ्रष्टाचार समाप्त भएर नजाने, अपराधीलाई जिताए अपराध मौलाउछ, गुन्डालाई जिताए, गुन्डागर्दी बढेर जान सक्ने सम्भावना भएकोले सोचेर बुझेर मतदान गर्न विजयनगर गाउपालिकावासीलाई आग्रह गरे । बहुजन शक्ति पार्टी विजयनगर ले आयोजना गरेको रयालीमा हजारौको संख्यामा मोटरसाइकल सहित स्थानीयले जनाएका छन । स्थानीयले जनाए अनुसार करिब हजारको संख्यामा विजयनगर गाउपालिकावासीको सहभागिता रहेको जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१