Siraha Times
ताजा समाचार

कृष्णनगर नगरपालिका वार्ड न १० लाई नमुना वार्ड बनाउने : वार्ड अध्यक्ष प्रत्याशी चतुर्बेदी

  • वैशाख २६, २०७९
  • १८८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु , बैशाख २५ जिल्लाको कृष्णनगर नगरपालिका वार्ड न १० को बकौलीमा नेपाली कांग्रेसले वार्ड स्तरीय आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस बाट वार्ड अध्यक्षको प्रत्याशी हरिपाल चतुर्बेदीले आफ्नो मन्तव्य दिदै भन्नु भयो कि यदि यहाँको जनताले यदि मलाई वार्ड अध्यक्ष पदको कुर्सि दिनु भयो भने म यो वार्डलाई नमुना वार्डको रुपमा कायम गरेर चिनाउछु ! उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका का निबर्तमान मेयर रजतप्रताप शाहले आफ्नो स्वागत मन्तव्य दिदै यो नगरपालिका भित्र रहेको अधुरो काम लाई पुरा गर्ने मेरो प्रथम सोचाइ हो ! यो पालामा बाकी रहेको , नबनेको बाटो घाटाे , नाली , सडक , धार्मिक मठ-मन्दिर , मस्जिद धर्मशालालाई अझै धेरै राम्रो बनाउने र बिपन्न गरिब परिवारलाई खाना र बस्नका लागि राम्रो बेवास्था गर्ने मेयर शाहको भनाइ !

कार्यक्रम नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्र न ३ को माननीय सांसद अभिषेक ले आफ्नो स्वागत मन्तव्य दिदै नेपाली कांग्रेसलाई जिताउने सांसद शाहको अग्रह रहेको छ ! यो स्थानीय चुनावमा नेपाली कांग्रेसलाई आफ्नो अमुल्य मत दान गरि पुरै पैनल लाई भारी मतो से विजयी बनाउनुको साथ् कृष्णनगर को जनतालाई सुखदुःख मा सधैं साथ दिने र राम्रो सेवा सुबिधा दिने शाह परिवारको जिम्मेवारी हो र तपाईले शाह परिवारलाई आफ्नो अमुल्य मत दिनु तपाईको जिम्मेवारी हो सांसद शाहले वताउनु भयो ! कार्यक्रममा नेपाली कांग्रेसका प्रत्याशी, सांसद , मेयर , वार्ड अध्यक्ष , वार्ड सदस्य लगायत हजारौंको संख्यामा नेपाली कांग्रेसको कर्याकर्ताको उपस्थिति रहेको थियो !

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१