Siraha Times
ताजा समाचार

विजयनगरमा नेपाली काङ्ग्रेसको घरदैलो अभियान

  • वैशाख २५, २०७९
  • ११८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु विजयनगर चुनावी उम्मेद्धारहरुले निर्वाचन सफल पार्न घरदैलो अभियान गरेका छन् । विजयनगर गाउँपालिकाका प्रमुख पदका उमेदवार रफिक मोहम्मद र उप-प्रमुख पद कि उमेदवार निशा थारु वडा अध्यक्ष पदको उम्मेद्धार अलिहसन मुसलमान सहित महिला वडा सदस्य ,खुल्ला वड़ा सदस्य, सहितको प्यानल चुनावी मैदानमा रहेका छन् । उनीहरुले वडा भित्रका जनताका घर घरमा पुगि मतभार आफ्नो पक्षमा बनाउन यो अभियान सुरु गरेका हुन् । रफिक मोहम्मद लाई उम्मेदवार पाएकोमा वडा वासीले खुसी व्यक्त गर्दै यस पालिको चुनावमा नेपाली कांग्रेस लाई भारि मतले विजयी गराउनका सबै लागि पर्ने वडावासीले वताएका छन् ।

निशा थारुले पालिका भित्रका आवश्यक कुषि,स्वास्थ, शिक्षा र रोजगारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पालिकाका बजार सहित भित्रि बस्तीहरुलाई पनि समान नजरबाट विकासका योजनाहरु बनाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्ष पदका उमेद्धवार अलिहसन मुसलमानले वडा वासीको आशिर्वाद माग्न हजुरको घर दैलोमा आएको हो आफु निर्वाचित पछि पनि यसै गरि आमा, वुवा, दाजु भाई, दिदी वहिनीको घरदैलोमा अहिले आर्शिवाद माग्न जसरी आएको छु त्यसै गरी भोलि हजुरको सेवा गर्नका लागि दिन रात नभनी लाग्ने छु मेरो प्रतिबद्धता भयो उहाँले भन्नु भयो । गाउँ पालिमा आफनो घर दैलोलाई निरन्तरता दिने गर्दै वडाको विकासका लागि अगाडी सरेकोमा वडा वासीको साथ सर्मथ रहेने वडा वासीले भनेकोमा नेपाली कांग्रेसले निर्वाचनमा जित्ने पक्का रहेको उम्मेद्धवारहरुले दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१