नेपाली कांग्रेसको फेटा गाउपालिकामा भव्य रयाली सम्पन्न

  • वैशाख २५, २०७९
  • ६९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,बारा, २४ बैशाख । बाराको फेटा गाउपालिकामा नेपाली कांग्रेसले भव्य रयाली निकालेको छ । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गर्दै भव्य रुपले आफ्नो रयालीको आयोजना गरेको हो । बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेसलाई नै मतदान गर्न आग्रह गर्दै उम्मेदवार चन्देश्वर दुबेको अध्यक्षतामा निस्केको रयाली फेटा गाउपालिकाको १७ वटै गाउहरुमा आफ्नो भव्य रयाली प्रदर्शन गरेका छन । कुनैपनि पार्टी खराब नहुने, व्यक्ति खराब हुने गरेको भन्दै आफ्नो अमुल्य मत नेपाली कांग्रेसलाई नै गर्ने उम्मेदवार दुबेले आग्रह गरेका हुन ।

बिगत ५ बर्षदेखी भ्रंष्टाचारको अखडा बनेको फेटा गाउपालिकामा अन्तय गर्नको निम्ति, कृष्कहरुको समस्याको निम्ति, शिक्षा र स्वास्थ्यको निम्ति, युवाहरुको रोजगारी तथा उज्जवल भविष्यको निम्ति, गुन्डागर्दीराज समाप्त गर्नको निम्ति उम्मेदवारी दिएको चन्देश्वर दुबेले जानकारी दिनुभयो । उहाले फेटा गाउपालिकावासीहरु संग आग्रह गर्दै यसपालिको निर्वाचनमा मतदान गरी आफुलाई निर्वाचित गराउन आग्रह गर्नुभयो । नेपाली कांग्रेसतर्फबाट उम्मेदवारी दिनु भएका चन्देश्वर दुबेले यस अनलाईन संग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा कुनै पार्टी चिनेर होइन व्यक्ति बिशेषमा मतदान गर्न आग्रह गर्नुभयो ।

भ्रष्टाचारी, अपराधी अथवा गुन्डागर्दी गर्नेहरुको जमातलाई केही रकममा सहयोग नगर्न फेटा गाउपालिकावासीहरुलाई आग्रह गर्नुभयो । भ्रष्टाचारीलाई जिताए कुनैपनि हालतमा भ्रष्टाचार समाप्त भएर नजाने, अपराधीलाई जिताए अपराध मौलाउछ, गुन्डालाई जिताए, गुन्डागर्दी बढेर जान सक्ने सम्भावना भएकोले सोचेर बुझेर मतदान गर्न फेटा गाउपालिकावासीलाई आग्रह गरे । नेपाली कांग्रेसले आयोजना गरेको रयालीमा हजारौको संख्यामा मोटरसाइकल सहित १० वटा चार पांग्रे रहेको स्थानीयले जनाएका छन । स्थानीयले जनाए अनुसार करिब ३ हजारको संख्यामा फेटा गाउपालिकावासीको सहभागिता रहेको जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

औरही गाउँपालिकाको १३ ...

लहान, ११ असार । सिरहाको औरही गाउँपालिका १३ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ। प्रमुख अतिथि लोक सेवा ...

औरही गा.पा.मा प्रशास ...

ओम प्रकाश यादव लहान असार ११ । सिरहा जिल्लाको दक्षिणी सीमासंगै जोडिएका औरही गाउँपालिकामा आज विशेष कार ...

भगवानपुर गाउँपालिकाक ...

ओम प्रकाश यादव, लहान, असार ११ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१