ताजा समाचार

पर्सणा र फुलीकामा बहुसंख्यक समर्थकका साथ मेयर उमेदवार बजरंगी प्रसाद चौधरी घर दैलो

  • वैशाख २३, २०७९
  • १०३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मायादेवी गाउँपालिका पकड़ी , कपिलवस्तु , बैशाख २२ कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका को फुलीका बजारमा मायादेवी गाउँपालिका को जनता समाजवादी पार्टी मायादेवी गाउँपालिका अध्यक्ष पदका उमेदवार बजरंगी प्रसाद चौधरी बहुसंख्यक समर्थकका साथ घर दैलो अभियान गरेका छन् l मायादेवी गाउँपालिका वडा नं २ जनता समाजवादी पार्टीका वडाध्यक्ष उमेदवार सरफुदीन खान तथा वडा नं ८ का वडाध्यक्ष उमेदवार कृष्ण नारायण तिवारी लगायत जनता समाजवादी पार्टीका समर्थक उक्त अभियानमा समावेश रहि जनता संग भोट माग्न व्यस्त रहेका थिए l

फुलीका चोकमा आफ्नो मन्तव्य राख्दै मेयर उमेदवार बजरंगी प्रसाद चौधरीले आफू पांच बर्ष जनताको बिचमा रहि जनता प्रति वफादार रहि काम गरेको र आफूले धर्म, जातपात, भन्दा मानवतावादी भै जनता प्रति समर्पित रहेको बताउदै मायादेवी गाउँपालिका भित्र चलिरहेको विकासका कार्यलाई निरन्तरता दिने चाहना रहेकाले पुन स्थानीय चुनावमा भोट दिएर आफूलाई जिताउन सबैसंग अनुरोध गरेका थिए l नि वर्तमान मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद चौधरी फुलीका र प्रसारण गाउँको प्रत्येक घरमा पुगि आफूलाई पुन एक पटक भोट दिन मतदाता संग आग्रह गरेका थिए l निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ मायादेवी गाउँपालिका जनता समाजवादी पार्टी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤