Siraha Times
ताजा समाचार

बहुसंख्यक समर्थकका साथ मेयर उमेदवार रजत शाहको बहादुरगंजमा घर दैलो

  • वैशाख २३, २०७९
  • ७३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र कृष्णनगर, कपिलवस्तु , बैशाख २३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंज बजारमा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उमेदवार रजत प्रताप शाह बहुसंख्यक समर्थकका साथ घर दैलो अभियान गरेका छन् l कृष्णनगर नगरपालिका वडा नं ९ काग्रेसको वडाध्यक्ष उमेदवार मंगल प्रसाद गुप्ता तथा वडा नं ८ का वडाध्यक्ष उमेदवार राम कपुर चौधरी लगायत कांग्रेस पार्टीका समर्थक उक्त अभियानमा समावेश रहि जनता संग भोट माग्न व्यस्त रहेका थिए l

बहादुरगंज चोकमा आफ्नो मन्तव्य राख्दै मेयर उमेदवार रजत प्रताप शाहले आफू पांच बर्ष जनताको बिचमा रहि जनता प्रति वफादार रहि काम गरेको र आफूले धर्म, जातपात, भन्दा मानवतावादी भै जनता प्रति समर्पित रहेको बताउदै नगर भित्र चलिरहेको विकासका कार्यलाई निरन्तरता दिने चाहना रहेकाले पुन स्थानीय चुनावमा भोट दिएर आफूलाई जिताउन सबैसंग अनुरोध गरेका थिए l

नि वर्तमान नगर प्रमुख रजत प्रताप शाह बहादुरगंजको प्रत्येक घरमा पुगि आफूलाई पुन एक पटक भोट दिन मतदाता संग आग्रह गरेका थिए l निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा नेपाली कांग्रेस पार्टी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१