मधेसको शान बन्दै पीताम्बर खनाल

  • वैशाख २२, २०७९
  • ६४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु वैशाख २२ एमाले नेता तथा बुद्धभूमि नगरपालिका मेयरका उम्मेदवार पीताम्बर खनाल मधेस र मधेसी जनताको विकासको लागि निकै उत्साहित देखिन्छन् । घरदैलो गर्ने क्रममा उनी मधेसको पहिचान बोक्ने गरी पहिरन लगाउँछन् । महिलाको समस्या निकै चाख लागेर सुन्छन् र समाधानको लागि सङ्कल्प गर्छन् । बृद्धबुवा आमाको सम्मान गर्दै ढोग अशिर्वाद लिन्छन् । एमालेको तर्फबाट सूर्य चिन्ह लिएर निर्वाचनमा होमिएका पीताम्बरको यही शैली अहिले बुद्धभूमिमा निकै चर्चाको विषय बनेको छ । उनको मधेस प्रतिको सम्मानले गर्दा स्थानीय जनताले बुद्धभूमिको दक्षिणी भेगलाई समेत विकास गर्ने नेताको रूपमा चित्रण गर्न लागेका छन् । बुद्धभूमि नगरपालिका नेकपा एमाले मेयर पदका उम्मेदवार पीताम्बर खनाल प्रति आकर्षण बढ्न लागेको छ ।

मधेसको उर्वर भूमि मान्दै आएको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ महुवामा एमालेका उम्मेदवारलाई भव्य स्वागत गरिएको छ । बिहीबार एमाले मेयरका उम्मेदवार पीताम्बर खनाल, उपमेयरमा उम्मेदवार मञ्जु थारुलाई स्थानीय जनताले जिताएर छाड्ने प्रतिबद्धता गरेका छन् । मेयर उपमेयर सहितको घरदैलोमा हजारौँको सङ्ख्यामा आएका जनताले समर्थन गर्दै वडा परिक्रममा गराएको थिए । मेयर खनालले वडामा रहेको खानेपानीको समस्या समाधान गर्ने , कृषिमा सिचाई, बिउ र मल खादको समस्या समाधान गर्ने , पहिलो वर्षमा खरको छाना मुक्त गर्न जस्तापाता वितरण गर्ने र वडालाई महाराजगन्ज डुमरा सडकमा जोड्न पुल निर्माण गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।

घरदैलो कार्यक्रममा उपमेयरका उम्मेदवार मञ्जु थारुले पुरानो मेयर कै कारण वडामा विकास कम भएको बताउनु भयो । नगरपालिकाले भैँसी पालक कृषकहरूलाई लाभान्वित हुने स्मार्ट गाउँ कार्यक्रममामा बजेट विनियोजन गर्न समेत आनाकानी गर्दा कृषकहरू समस्यामा परेको बताउनु भयो । मधेसमा एमालेको क्रेज भएको हुँदा सयौँको सङ्ख्यामा ट्याक्टर, मोटर साइकल, जिप कार अटो रिक्सा सहितको र्याली भएको वडा अध्यक्षका उम्मेदवार नन्दलाल यादवले बताउनु भयो । वडा नम्बर ६ मा दोब्बर मतले विजयी हुने समेत यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

बलान विहुलमा पोषण तथ ...

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत् ...

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१