भ्रष्टाचार गर्दिन , न गर्न दिन्छु : जनमत पार्टीका उम्मेदवार यादव

  • वैशाख २१, २०७९
  • १३४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव लहान २१ , वैशाख । स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका खेमचन्द्र यादव जनमत पार्टीबाट गाउँपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकाको प्रमुखको रुपमा ( होरन छाप) चुनाव चिन्हबाट उनको उम्मेदवारी परेको हो । उम्मेदवार यादव चुनावी प्रचार प्रसारमा अहिले दैनिक जसो घरदैलो कार्यक्रममा ब्यस्त छन् । घरदैलो कार्यक्रमबाट चुनाव जित्ने राम्रो प्रतिक्रिया आईरहेको उनले संचारकर्मीलाई बताए । बलान बिहुल गाउँपालिकाको हरेक शिर्षकको योजनाहरुमा धेरै अनियमितता र भ्रष्टाचार भए , भ्रष्टाचार पुर्ण रुपमा अन्त्य गर्न उम्मेदवारी दिएको छु , यादवको भनाई छ ।

कृषि , शिक्षा ,स्वास्थ्य , यातायात पूर्वाधार, योजना बद्ध गाउँपालिकाको विकास, सुरक्षित आवास, रोजगार आर्थिक वृद्धि,लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने सङ्कल्प सहित उनले चुनावी घोषणा - पत्र सार्वजनिक गरे । समाजामा व्याप्त कुरीति र अन्धविश्वासको अन्त्य गर्न शिक्षा, चेतना र सशक्तीकरण अभियान चलाइने र पालिकामा व्याप्त गरिबी, अभाव र अल्पविकासको समस्यालाई सम्बोधन गर्न विशेष पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

बरियारपट्टीमा ‘RBI G ...

लहान, १३ कात्तिक । रासस सिरहा जिल्ला संवाददाता मुकेश यादवले सिरहाको बरियारपट्टी गाउँपालिका वडा न.३ ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१