ताजा समाचार

कृष्णनगरमा उप मेयर उमेदवार श्याम कुमार मिश्रको चर्चा

  • वैशाख २०, २०७९
  • १०२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, बैशाख २० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छl सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छनl सोहि क्रममा कृष्णनगर नगरपालिकाको जनता प्रगतिशील पार्टी नेपालका कृष्णनगर नगर उप प्रमुख पदका उम्मेदवार श्याम कुमार मिश्र लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू कृष्णनगर जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् l जप्रपा निकट नेता श्याम कुमार मिश्रलाई उप प्रमुख बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् l

पछिल्लो चुनावमा कृष्णनगर मेयरमा तेस्रो स्थानमा रहेका श्याम कुमार मिश्र यो पालि उप प्रमुख पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। मिश्र छोटाे समयमा निकै लोकप्रिय बन्दै गएका हुन। उप प्रमुख पदका उम्मेदवार मिश्र घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l मिश्रलाई लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । उप मेयर पदका उम्मेदवार मिश्रले आफूलाई जनताले विजयी बनाए नगरपालिका को पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤