Siraha Times
ताजा समाचार

नवराजपुर गाउँपालिका ३ मा जसपा निकट सुरेश यादवको व्यापक चर्चा

  • वैशाख २०, २०७९
  • ९२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० बैशाख - बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा नवराजपुर गाउँपालिका वाडा नम्बर २ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट वाडा अध्यक्ष पदमा सुरेश कुमार यादवले मनोनयन दर्ता गराएका हुन्। उनी पालिकाको सबै उमेदवार भन्दा कानो उमेदवार र कलिलो उमेरका युवा हुन्। यादव समाजको लोकप्रिय युवा बौद्धिक समाजिक ब्यक्ती हुन्।उनी निरन्तर समाजसंग जोडीएका ब्यक्ती भएको नाताले जनताले नै उनलाई उत्साहित गरेर उमेदवार बनाएका हुन्।सुरेश यादवको नाउँ उमेदवारीको लागी प्रस्ताव भए पछी गाउँ नै उत्साही भएका छन। उनी सानै देखि समाजिक चिन्तन बोकेका युवा हुन्। उनले समाजको बेतिथीलाई अन्त, र प्रास्त गर्न बैंककको जागिर छोडेर राजनीतिमा लगेका हुन्।

आफनो उमेदवारी समाज रुपान्तरणको लागि हुने र बिकास र समृद्ध समाजको लागी रहने उनले बताए। शिक्षा स्वास्थ र कृषिमा विशेष जोड दिने बताए।जनताले प्रोत्साहित गर्दा उनी चुनावी प्रतिस्पर्धा आएका हुन्। आफू चुनावमा सफल भयो भने शिक्षा स्वास्थमा विशेष जोड दिने र बिकास निर्माणमा गति ल्याउने उनले प्रतिबद्धता व्यक्त गर्नु भयो। उनी समाजमा निकै लोकप्रिय उमेदवार रहेका हुन्।उक्त पालिकामा जसपा निकट शिव उदगार यादव पालिका अध्यक्षको कसिलो उमेदवार रहेका छन्।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१