नेपाली काँग्रेसको जिल्ला सम्पर्क समिति सँयोजकमा जीतजँग बस्नेत

  • वैशाख १९, २०७९
  • ९९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सबिन यादव वैशाख १९ । स्थानीय निर्वाचनलाई मध्य नगर गर्दै नेपाली कांग्रेसले बिभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ । त्यस मध्यको एक हो “जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति” जसको संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य जित जङ्ग बस्नेत रहेका छन् ।उनको यस समितिमा ४१ जना सदस्य रहेका छन् जसको नाम समेत बाहिर सार्वजनिक गरिसकिएको छ । यस उपसमितिको पहिलो बैठक आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जित जङ्ग बस्नेतको संयोजकत्वमा “जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति” को पहिलो बैठक बसेको हो । बैठकमा स्थानीय निर्वाचनमा जिल्ला सम्पर्क समिति संग कसरी समन्वय गर्ने र जिल्ला बाहिर रहेका कार्यकर्तालाई जिल्लामा कसरी परिचालन गर्ने भन्ने बिषयमा छलफल चलेको थियो । 

बैठकमा उपस्थित सदस्यहरुको छलफलबाट केहि निर्णयहरु भएको बताईएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं “जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति” का संयोजक जित जङ्ग बस्नेतको अनुसार राजधानीमा रहेका विभिन्न जिल्ला सम्पर्क समितिका पदाधिकारी, सदस्यहरुलाई आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका स्थानीय तहमा सम्पूर्ण उम्मेदवारहरुलाई जिताउन यथाशीघ्र आआफ्नो जिल्लामा जान आव्हान गरिएको उनले बताए । 

यस्तै बैठकबाट यस “जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति” को अर्को बैठक बैशाख २० गते मंगलबार बस्ने समेत तय भएको संयोजक बस्नेतले बताए । साथै अब बस्न लागेको दोस्रो बैठकमा काठमाडौँमा अवस्थित विभिन्न जिल्लाहरुका सम्पर्क समितिका अध्यक्षहरुलाई समेत आमन्त्रण गरिएको समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१