Siraha Times
ताजा समाचार

सामाजिक कुप्रथा अन्त्य गर्न स्वतन्त्र उम्मेदवारी : युवा नेता भदैस्वार

  • वैशाख १९, २०७९
  • १६७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १९, वैशाख । समाजमा साकारात्मक परिवर्तनको लागि स्वतन्त्र उम्मेदवारी दिएको युवा नेता संदिप कुमार यादव ( पप्पु भदैस्वार ) ले बताउनु भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर - १ वडा अध्यक्ष पदका लागि ( खरायो चुनाव) चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएको भदैस्वारले आफुलाई स्थानीय वडाका आमावुवा , दाजुभाई , दिदिबहिनी लगायतले निर्वाचित गराएको खण्डमा जनतालाई विकासको अनुभुती गराउने बताए । समाजमा साकारात्मक परिवर्तन गर्न पहिलो प्राथमिकतामा भ्रष्टाचार अन्त्य गर्ने भदैस्वारको चुनावी घोषणा - पत्रमा उल्लेख छन् ।

निज निवास बड्किटोल मल्हनियामा पत्रकार सम्मेलनको आयोजना गरि उनले, जातीयता राजनीतिक , बालबिवाह , दहेजप्रथा , छुवाछूत लगायतका कुरिती कुप्रथा अन्त्य गर्न पहल गर्ने बताए । वाणिज्य शंकाय र राजनीतिक शास्त्रमा काठमाडौबाट मास्टर्स गरेका उम्मेदवार भदैस्वारले भने, 'म जागीर गर्न सक्थे। जागीरले मेरो परिवार , आमावुवा , बालबच्चा खुशी हुन्थ्यो । तर , आफ्नो सुन्दर भविष्य मात्र निर्माण गरेर हुँदैन । गाउँ समाजको विकासको लागि मेरो उम्मेदवारी भएको दावी गरे ।' उनले भने , 'आज देशमा शिक्षित युवा नभएका पनि होइनन्, तर कमजोर चेतनाका कारण तिनिहरू कुनै न कुनै गलत प्रवृत्तिका शिकार भइरहेका छन्, जसका कारण युग बदल्ने ऐतिहासिक जिम्मेवारी बोकेका युवाशक्ति आज केही सीमित टाठाबाठाको स्वार्थ पूरा गर्ने भर्याङ मात्र बनिरहेका छन् ।' कृषि , गुणस्तरिय र सुलभ शिक्षा ,आधारभुत स्वास्थ्य , भौतिक पुर्वाधार निर्माण , लक्षित समुदायका लागि शीप र सशक्तिकरण कार्यक्रम , युवा स्वरोजगार लक्षित कार्यक्रम संचालन लगायत उनको चुनावी घोषणा - पत्रमा उल्लेख छन् ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१