Siraha Times
ताजा समाचार

परिवर्तनको लागि उम्मेदवारी :सुर्यनारायन मरबैता

  • वैशाख १७, २०७९
  • १२९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुभाष सरहान यादव ,सप्तरी । १७ बैशाख २०७९ स्थानिय तहकाे चुनावकाे लागि सप्तरी जिल्लाकाे डाक्नेश्वरी नगरपालिका वडा न:०६ बाट वडा अध्यक्ष पद को लागि नेपाली काँग्रेस पार्टीकाे तर्फ बाट सुर्य नारायण मरबैता यादव ले शोमबार उम्मेदवारी दिएका छन । विगत देखि समाजसेवीकाे रुपमा काम गर्दै आएकाे मरबैता जनताकाे लागि उमेदवारी दिएको बताए।साढे चार सालकाे अवधिमा जनताले धेरै दु: ख , कष्ट र पीडा सहेर समय विताए तर आफू निर्वाचित भएमा सर्वप्रथम जनताका हकहितमा काम गर्ने, सडक ,वाटाे घाटाे , शिक्षा , स्वास्थ्य र सुशासनको क्षेत्रमा उल्लेखनिय काम गर्ने र कुनै जनताले दुःख नपाउने स्पष्ट पारेका छन।

कुनै व्यक्ति सँग कुनै किसिमकाे गलत मनसाय नराखि निस्पक्ष रुपमा जनताकाे काम गर्ने प्रतिवद्वता मरबैता ले व्यक्त गरेका छन। मरबैता ले हाम्रो संचारकर्मि संग कुरो गर्दै भने भोट दिनेहरू मासु भात,मदिरा र केहि पैसाको लोभमा त्यस्तालाई जिताउछन । तर कहिले यो सोच्या छ कि खर्च गरेको पैसा उनले फर्काउने हो कहा बाट र यहि बाट सुरु हुन्छ जनताको रगत चुस्ने काम, र यसको प्रत्यक्ष आरोपी पनि जनता नै बन्छन ।

तसर्थ अनावश्यक खर्च गर्ने उम्मेदवार खोज्नु भन्दा इमान्दार विकास प्रेमीलाई जनप्रतिनिधीमा चयन गर्नुपर्ने आवश्यकता रहेको हुदा जनताले अघिल्लो प्रतिनिधिलाई देखि सके अब त्यस्तालाई सबक सिकाउने छ, मेरो पक्षमा जनता रहेको हुदा आफनो जित निस्चय नै हुने दावी गरे । तसर्थ हामीले समृद्धि ल्याउन, सम्पन्नता प्राप्त गर्नका लागि यति मात्र दुःख गरेर पुग्दैन । हामीलाई कसैले ल्याएर पोल्टामा हालिदिने चिज पनि होइन समृद्धि भनेको । त्यसकारण समृद्धि ल्याउन तपाईंको मत अमुल्य छ । त्यो सदुपयोग गरौं । मैले गर्नुपर्ने आर्थिक , सामाजिक, राजनीतिक जुन सुकै सहयोगका लागि म दिन रात तयार छु । तपाईंहरूको भारी बोक्नका लागि जतिखेर पनि तयार रहेको वडा अध्यक्ष उमेदवार मरबैता ले बताए ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१