ताजा समाचार

कांग्रेसको उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न

  • वैशाख १७, २०७९
  • ११९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख १७ । सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १२ मा एक दिने उम्मेदबार समुदाय परिचय कार्यक्रम सम्पन्न भएको छ । सरकारले स्थानिय निर्वाचनको लागि घोषणा गरेको आचारसंहिताको पालना गर्दै बिहान करिब ७ बजेदेखि थालिएको कार्यक्रम वडाको सिमलटोकी टोलबाट शुरू गरिएको सहभागी रामलखन यादवले बताए । नेपाली कांग्रेसका युवा स्थानिय नेता देवकुमार महतोको नेतृत्वमा थालिएको कार्यक्रम कुशमाहा गड्मे आहाले बस्तीको टोल टोलमा पुगेको थियो । नेता देवकुमार महतोको आयोजनामा आयोजित कार्यक्रममा स्थानिय जनताको घर घरमा पुगेर आचारसंहिताको पालना र मतदान सम्बन्धी शिक्षा कार्यक्रम मार्फत दिएको सहभागी हेम प्रसाद पासवानले बताउनुभयो । कार्यक्रममा स्थानिय बाैद्धिक व्यक्तित्व सुदर्शन अधिकारी लगायत जिल्ला कमिटी सदस्य सिता महतो समेत सहभागी भएका थिए। नेपाली कांग्रेस वडा नं १२ का अध्यक्ष पदका उम्मेदवार विवेक राज डोटेलले अदुरा काम पूरा गर्ने उद्देश्यका साथ आफू जनताको माझमा आएको बताउनु भएको छ । कार्यक्रममा बिना झण्डा प्रचार प्रसारमा लागेका कांग्रेस धनगढीमाई १२ को नौलो अभ्यास सकारात्मक रहेको जनताको बुझाई रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤