Siraha Times
ताजा समाचार

धनगडीमाई नगरपालिका १३ मा वडा अध्यक्षपदमा तेजीलाल लामा चुनावी मैदानमा

  • वैशाख १५, २०७९
  • १७९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान /१५ वैशाख। सिराहाको धनगडीमाई नगरपालिका वडा नम्बर १३ मा नेकपा एमाले निकट तेजीलाल लामा चुनावी मैदानमा उत्रिएका छन् । लामा एमाले पार्टीबाट वडा नम्बर १३ का लागि वडाअध्यक्ष पदमा टिकट दर्ता गराएका हुन। नेता तेजीलाल लामाका अनुसार आफू जनताको हकहितका निम्ति टिकट पाएपछि जनताको हकहितमा काम गर्ने प्रतिबद्धता गर्दै उम्मेदवारी दिइएको बताएका छन। निर्वाचन आयोग नेपाल स्थानीय तह सदस्य निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय धनगडीमाई नगरपालिकाबाट टिकट पाई सकेको नेता लामाले बताए । योसँगै लामाका अनुसार आँफु विजयी भए हरेक पक्षमा पार्दर्शिता अनुभुति दिलाउने विश्वस्त गराएका छन। स्थानीयमा माध्यमिक विद्यालयको खाँचो रहेकोमा विजयी भए मावि कक्षा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१