कांग्रेसका मेयर र उपमेयर चुनावी मैदानमा

  • वैशाख १५, २०७९
  • ८८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख १५ । स्थानिय निर्वाचनको लागी नेपाली कांग्रेस पार्टीले आफ्नो जिम्मेवारी सहितको उम्मेदबारी दर्ता गराएको छ । सिरहाको धनगढीमाई नगरपालिकाको मेयर पदका लागी रामचन्द्र यादव र उपमेयर पदका लागी संगिता चौधरीले उम्मेदबारी दर्ता गराएका छन् । पूर्व माननीय समेत रहेका यादव हाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापती समेत हुनुहुन्छ । उम्मेदबारी दर्ता गराउन तामझामका साथ स्थानिय नैनपुर अस्पताल परिसर पुगेका यादवले जनताको विकास नै आफ्नो मुख्य एजेण्डा भएको बताउनुहुन्छ । करिब ६ हजार कार्यकर्ता सहित मनोनयन स्थल पुगेका यादव लाई कार्यकर्ताहरूले उक्त ठाउँमा फूलमालाले स्वागत गरेका थिए भने आचारसंहिता पालना गराउन कार्यकर्ता स्वयम् परिचालन गरिएको थियो । विगतमा गाउँविकास समिति अध्यक्ष पदमा ख्याति कमाईसकेका यादव नेपाली कांग्रेस निकट अशल राजनीतिज्ञ व्यक्ति मानिन्छन् । चुनावी मैदानमा यादव देखिएपछि पालिकाको १४ वटै वडाहरूमा हलचल भएको बुझिएको छ भने यादबलाई विजय गराउन यतिबेला कार्यकर्ताहरु जोडतोडका साथ लागिपरेका छन् । धनगढीमाई १२ का युवाहरु करिब २00 को संख्यामा यादवको नेतृत्वको मूल्यांकन गर्दै विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । लामो राजनीतिक इतिहास बोकेका यादवको उदय धनगढीमाई नगरपालिकामा आवस्यक रहेको भन्दै व्यापक चर्चा भइरहेको अवस्था रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

विगत दश वर्ष भित्र द ...

रहमुल लहान १४ कार्तिक । यहाँ पछिल्ला करिब दस वर्ष (लगभग आ.ब.२०७२/७३ पछि) भित्र नेपालमा शिक्षा, ...

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१