मन्त्रीलाई मोटो रकम दिएर उपमेयरको नक्कली टिकट, लहानमा चारमाथी उजुरी

  • वैशाख १५, २०७९
  • १२३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान १५ बैशाख । सिरहाको लहानमा ४ उम्मेदवारमाथी उम्मेदवारी खारेजको माग गर्दै दावीविरुद्धको निवेदन परेको छ । जनता समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएका रामचरित्र महतोविरुद्ध पार्टीको आधिकारिकता सम्बन्धमा उजुरी परेको छ । जसपाबाट उपमेयरमा रामचरित्र महतो र चन्द्रनारायण कुशवाहाको उम्मेदवारी परेको छ । पहिलो दर्ता गरेको र पार्टीको केन्द्रीय समितिको आधिकारिकता रामचरित्र महतोलाई दिएको छ । उता, चन्द्रनारायण कुशवाहाले समेत आफ्नो अधिकारिकता हो भन्दै उनले महतोविरुद्ध उम्मेदवारीको खारेजीको माग गरेको छ । कुशवाहाले मधेश प्रदेशका एक मन्त्रीलाई मोटो रकम दिएर उपमेयरको नक्कली टिकट लिएर उम्मेदवारी दर्ता गराएको स्रोतको दावी छ ।

यस्तै लहान ७ का वडाध्यक्ष पदका लागि काँग्रेसका उम्मेदवारी दर्ता गराएका रामऔतार शर्माविरुद्ध नेपाल — भारत दुवै देशको नागरिकता रहेको भन्दै विषयमा उजुरी परेको छ । लहान ९ का मोहम्द रफीले काँग्रेसका उम्मेदवार शर्माविरुद्ध उम्मेदवारी खारेजको उजुरी दर्ता गराएका छन् । सफाई तथा सवुत प्रमाण साथ बैशाख १४ गते बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा अनिवार्य उपस्थित हुन भनिएपनि शर्मा उपस्थित नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उता, लहान २४ का वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रासलाल रायविरुद्ध ठेक्का पट्टा सम्बन्धमा उजुरी दिएका छन् । लहान २४ का रामकुमार महतोले दिएको उजुरी विषयमा अनुसन्धान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी लहान १४ का महिला सदस्य सोनावती चमारविरुद्ध नाता प्रमाणित सम्बन्धमा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस

“Run for Health, Run ...

रंजित चौरसिया,वीरगंज २१ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले “Run for Health, R ...

बलान विहुलमा पोषण तथ ...

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत् ...

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१