ताजा समाचार

लहान ३ मा जसपा निकट राम उदगार महतोको उमेदवारी दर्ता

  • वैशाख १३, २०७९
  • १०६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ बैशाख - लहान ३ का जसपा निकट नेता राम उदगार महतोले उमेदवारी दर्ता गराएका छन्। हिजो मनोनयन दर्ता गराएका हुन्। स्थानीय निर्वाचनमा भाग लिन नेता महतोले मनोनयन दर्ता गराएका हुन्। निर्वाचन आयोगले बैशाख ३० गते तय गरेको स्थानीय तहको निर्वाचनमा लहान ३ का लागी जसपा पार्टीबाट राम उदगार महतो चुनावी प्रतिस्पर्धामा आउने भएको छ्।जसपा पार्टीले बिगतको चुनावमा भाग लिएका फनीलाल महतोको नाउँ सिफारिस गरेका थिए।उनी पछिल्लो चुनावको वाडा प्रत्यासी समेत रहनु भएका महतोलाई बैशाख ३० गते हुने निर्वाचनमा भाग लिन फनी लाल महतोको नाउँ सिफारिस भएको थियो।

ऊनी चुनावमा भाग लिन असहमती जनाए पछि स्थानीय राम राम उदगार महतो लाई चुनाव लडन समर्थन गरेका छन्। स्थानीय नेता राम उदगार महतोले चुनावी प्रतिस्पर्धामा आउने कुरा पार्टीबाट तय भएको वाडा कमिटीले जनाए।अहिले नेता राम उदगार महतो वाडाका लागी व्यापक चर्चामा रहेका छन्। लहान ३ मा जसपा,काङ्ग्रेस,एमालेको ठुलो प्रतिस्पर्धा हुने छ्। २०६२/२०६३ सालको मधेस आन्दोलन बाट राजनीति यात्रा सुरु गरेका उनी जनता समाजवादी पार्टीमा सकृय भुमिका निर्वाह गर्दै आएका हुन्। हाल उनी सिरहा क्षेत्र नम्बर १ को क्षेत्रीय उपाध्यक्ष समेत रहनु भएको हो। जसपाबाट राम उदगार महतो र नेपाली काङ्ग्रेसबाट राम दयाल महतो र नेकपा एमालेबाट राजेश चौधरी कडा प्रतिस्पर्धामा आउने सम भावना देखिएको हो। वाडा बसेको बैठकबाट नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा, प्रदेश सभा क को उपाध्यक्ष ललित नारायण महतो,जसपाका युवा नेता दिलिप दास लगायतका नेताहरुको लहान ३ मा सक्रियता देखिएको छ्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤